पाल्पा, साउन  ९

पाल्पामा अविरल वर्षाका कारण गएकाे पहिराेले गाेठ बगाएकाे छ ।  रिब्दीकोट गाउँपालिका ८ फेक लूम्बासमा पहिरोले गोठ बगाउँदा लैनो भैसी एकल गोरु र अन्य पशुचौपाया मरेका छन् ।

स्थानीय कर्ण बहादुर बम्रेलको एक तले गोठ माथी बाट खसेको पहिरोले बगाउदा गोठमा रहेका लैनो भैसी र एकहल गोरु पहरोले बगाएर मृत्यु भएको फेकका स्थानीय मोहन कुवँरले बताए । फेकमा पहिरोले धन बहादुर बिकको समेत गोठ भत्कीयको छ। स्थानीय बासीन्दा र जनप्रतिनिधिहरुले उद्धारमा खटेको वडा सदस्य थमन उचाईले बताए ।

कुनै मानविय क्षती नभएता पनि पहिरोका कारण लाखै रुपैयाको धनमालकाे नाेक्सान भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय