पाल्पा १ (१) प्रदेश सभामा एमालेका राजु श्रेष्ठ विजयी

पाल्पा १ (१) प्रदेश सभामा एमालेका राजु श्रेष्ठ विजयी

पाल्पा, मंसिर ७
पाल्पा क्षेत्र नं.१ प्रदेशसभा (१) मा नेकपा एमालेका उम्मेदवार राजु प्रसाद श्रेष्ठ विजयी भएका छन् ।
श्रेष्ठले १७ हजार ६४२ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका श्यामकान्त खनालले १२ हजार २ सय ५२ मत प्राप्त गरे । यस्तै प्रदेश सभा १ (१) मा राप्रपाका डुल बहादुर गाहाले ४३१ र मंगोलका पूर्ण बहादुर रुचालले २ सय ६० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२०२३ सालमा जन्मिएका श्रेष्ठले स्वास्थ्य स्नातकोत्तर हुन् । उनले एकघर एक धार अभियानलाई पूर्ण सार्थकता तुल्याउने, गुणस्तरिय शिक्षाका निम्ति आवश्यक पहल र विकास गर्ने, स्वास्थ्य क्षेत्रमा आवश्यक परेको ठाउँमा सेवा सहज र सुलभ गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस