इस्तियाक राईलाई हराउँदै बाँके २ मा धवल शमशेर राणा विजयी

इस्तियाक राईलाई हराउँदै बाँके २ मा धवल शमशेर राणा विजयी

बाँके २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा विजयीभएका छन् । नेपालगञ्ज उपमहानगरपालिका पूर्व प्रमुखसमेत रहेका राणाले आफ्नै गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धा गरेका थिए ।

एमाले नेतृत्वको गठबन्धनमा राप्रपा, राप्रपा नेपाल, जसपालगायतका पार्टी निर्वाचनमा होमिएका छन् । तर, बाँके २ मा राप्रपाबाट राणा र जसपाबाट मोहम्मद इश्तियाक राईबीच एक अर्कालाई सघाउने गरी सहमति नभएपछि दुवै जना चुनावी मैदानमा उत्रिएका थिए ।

अन्तिम नतिजा प्राप्त भइसक्दा राणाले २९, ५७७ मत ल्याई विजयीभएका छन् । राणा पहिलो पटक संघीय सांसद्का रुपमा चुनिएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राईले २३,५२० मत ल्याएका छन् ।

राई यसअघि सोही क्षेत्रबाट निरन्तर निर्वाचित हुँदै पटक पटक मन्त्री भइसकेका छन् । सो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका सुदिप नरसिंह राणाले ४,४०३ मत मात्र ल्याएका छन् । 

प्रतिक्रिया दिनुहोस