फिफा विश्वकप २०२२ : वेल्स र अमेरिकाले खेले बराबरी

फिफा विश्वकप २०२२ : वेल्स र अमेरिकाले खेले बराबरी

कतारमा जारी फिफा विश्वकप फुटबलमा वेल्स र अमेरिकाले बराबरी खेलेका छन् । अहमद बिन अलि स्टेडियममा सोमबार राति भएको खेलमा वेल्स र अमेरिकाले १-१ गोलको बराबरी खेलेका हुन् ।

प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा कप्तान ग्यारेथ बेलले गोल गरेपछि वेल्स हारबाट जोगियो ।

खेलको ३६ औं मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए । 

तर, खेलको ८२ औं मिनेटमा बेलले पेनाल्टीबाट गोल गर्दै वेल्सलाई १-१ गोलको बराबरीमा ल्याए ।

अमेरिकाका वाल्कर जिमरम्यानले बेललाई फउल गर्दै पेनाल्टी क्षेत्रभित्र लडाएपछि वेल्सले पेनाल्टी पाएको थियो । 

यस बराबरीसँगै वेल्स र अमेरिकाले एक एक अंक पाएका छन् ।

समूह ‘बी’ मा रहेको वेल्स १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

अमेरिका १ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस