काठमाडौँ-१ : प्रकाशमान सिंह विजयी, उपविजयी बने रवीन्द्र मिश्र,

काठमाडौँ-१ : प्रकाशमान सिंह विजयी, उपविजयी बने रवीन्द्र मिश्र,

काठमाडौँ- काठमाडौँ-१ नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह विजयी भएका छन् । सिंहले १२९ मतान्तरले जितेका हुन् ।

अन्तिम मत परिणामअनुसार सिंहले ७१४० मत ल्याएका छन् ।

त्यस्तै राप्रपाका रवीन्द्र मिश्रले ७०११ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम २८०३, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का किरण पौडेल २६९३ र नेपाल सुशासन पार्टीका रमेशप्रसाद खरेल २१३० मत पाएका छन् ।

सिंहको यो चौथो जित हो ।

प्रतिक्रिया दिनुहोस