तानसेन बर्तुङमा खसेका ६८ मत रद्ध, पूनः मतदान साँझ ७ बजेसम्म

तानसेन बर्तुङमा खसेका ६८ मत रद्ध, पूनः मतदान साँझ ७ बजेसम्म

 पाल्पाको तानसेन नगरपालिका ६, बर्तुङकाे जनप्रिय मावि मतदान केन्द्रमा बिहान भएको मतदान रद्ध गरि फेरि मतदान सुरू गरिएकाे छ । ६८ मत खसेपछि त्यहाँ  प्रत्यक्ष तर्फको मतपत्र खसाल्ने संघ र प्रदेश सभाको मतपेटिका एक अर्कामा साटिएको पत्ता लागेको थियो ।

मतपत्र साटिएसँगै दलका प्रतिनिधिहरू र मतदान कर्मचारी बीच विवाद भएको थियो । ती खसेका सबै मत रद्ध गर्ने र ६८ जनालाई फेरि मतदान गर्न लगाउने सर्वदलीय बैठकको निर्णय अनुसार फेरि मतदान सुरु भएको हो ।

दोहोर्‍याएर मतदान गर्नु परेका कारण जनप्रिय मावि मतदान केन्द्रमा बेलुकी ७ बजेसम्म नै मतदान गरिने लक्ष्मी कुँवरले बताइन् ।

प्रतिक्रिया दिनुहोस