रूपन्देहीका पत्रकार कंडेलकाे रेडिमिक्सकाे ठक्करबाट मृत्यु

रूपन्देहीका पत्रकार कंडेलकाे रेडिमिक्सकाे ठक्करबाट मृत्यु

पत्रकार एनवि (नरबहादुर) कंडेलकाे रेडिमिक्सकाे ठक्करबाट मृत्यु भएकाे छ । रुपन्देहीमा कृयाशिल पत्रकार कंडेलकाे शुक्रबार राती दुर्घटनामा परि मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । बुटवलदेखि भैरहवा तर्फ जाँदै गरेकाे लु ४४ प ८२०१ नम्बरको मोटरसाइकलमा सवार कंडलेलाई सोही दिशा तर्फ जादै गरेको लु १ क ५२७६  रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी) ले सिद्धार्थ राजमार्गमा पर्ने रुपन्देहीकाे तिलोत्तमा नगरपालिका वडा न. २ जानकीनगरमा ठक्कर दिएकाे थियाे ।
ठक्करबाट घाईते भएका सैनामैना नगरपालिका वडा नं. १ का अन्दाजी ३५/३६ वर्षीय कंडेलकाे उपचारकाे क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी गराएकाे हाे । ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस