विश्वकप कतार २०२२ विशेष, यस्ता छन् राेचक तथ्य

विश्वकप कतार २०२२ विशेष, यस्ता छन् राेचक तथ्य

कतार विश्वकप विजेताले पाउनेछ साढे ५ अर्ब, अन्यले कति पाउँछन् पुरस्कार राशि।आगामी साता (नोभेम्बर २०)देखि कतारमा सुरु हुने विश्वकपको माहोल विश्वभर बन्दैछ । विश्वको उत्कृष्ट ३२ टिमहरु अहिले कतारमा हुने फिफा विश्वकप फुटबलको अन्तिम तयारीमा जुटेका छन् । छनोट भएका टिमहरु आफ्नो टोली घोषणामा व्यस्त छन् ।

केहि टिम भने कतार आएर आफ्नो अभ्यासमा लागिसकेका छन।फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप फुटबल विश्वकै ठूलो खेल मेलामा पर्छ । यसले सारा विश्वको ध्यान खिचिरहेको हुन्छ ।वास्तवमा यो आयोजक देश कतारको मात्र नभइ विश्वकै उत्सव हो।
करिब एक महिनासम्म चल्ने विश्वकपको उपाधि कसले जित्ला भन्ने धेरैको चासो रहेकोछ ।विश्वकपमा आयोजकको हैसियतमा डेब्यू गर्न लागेको कतार र छनोट भएर आएका ३१ राष्ट्रहरु विश्वकप ट्रफी जित्न नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म प्रतिस्पर्धामा उत्रनेछन् ।अन्तिममा ३२ मध्ये एक टिम मात्र विजेता हुनेछ । विश्वकपको विजेतासँगै विश्वकप खेल्ने सबै टिमले पनि नगद पुरस्कार पाउनेछन्।विश्वकप विजेताले फिफा विश्वकप ट्रफी पाउनेछन् । जसको मूल्य २० मिलयन अमेरिकन डलर बराबरको भएको बताइएको छ । १८ क्यारेट सुन जडित उक्त ट्रफी ३६.८ सेन्टिमिटर अग्लो छ भने ६.१ किलोग्राम तौलको छ । यद्यपी विश्वकप जसले जिते पनि सक्कली ट्रफी लैजान भने पाउँदैनन् । विश्वकप विजेताले उपाधिसँगै ठूलो मात्रामा नगद रकम पाउनेछन् ।विश्वकप विजेताले पाउने रकम आश्चर्यजनक छ ।हरेक संस्करणमा विजेताले पाउने रकममा वृद्धि हुँदै आइरहेको छ ।

कतारमा हुने विश्वकपको विजेताले अहिलेसम्मकै सबैभन्दा धेरै ४२ मिलियन अमेरिकी डलर पाउनछन् । जुन चार वर्षअघि रुसमा भएको विश्वकप विजेता फ्रान्सले पाएको भन्दा ४ मिलियन बढी हो । यस्तै २०१४ को ब्राजिल विश्वकप भन्दा ७ मिलियनले बढी हो ।अब बन्ने विश्वकप विजेताले पाउने रकम नेपालीमा हिसाव गर्दा करिव ५ अर्ब ४४ करोड हुन आउँछ ।
विश्वकप विजेताले ५ अर्ब ४४ करोड २३ लाख ६० हजार ९ शय नेपाली पाउनेछन्।यस्तै उपविजेताले ३० मिलियन डलर अर्थात नेपाली रकम ३ अर्ब ८८ करोड ७४ लाख पाउनेछन् ।

तेस्रो हुने टिमले २७ मिलियन अर्थात ३ अर्ब ४९ करोड ८६ लाख ६० हजार र चौथो हुने टिमले २५ मिलियन अर्थात ३ अर्ब २३ करोड ९५ लाख रुपैयाँ पाउनेछन् ।क्वाटरफाइनल पुग्ने टिमले १७ मिलियन अर्थात २ अर्ब २० करोड २८ लाख ६० हजार रुपैयाँ पाउनेछन् ।
अन्तिम १६ मा पुग्ने टिमहरुले १३ मिलियन डलर अर्थात १ अर्ब ६८ करोड ४५ लाख ४० हजार पाउनेछन् । समूह चरणमा खेल्ने टिमले ९ मिलियन अर्थात १ अर्ब १६ करोड ६२ लाख २० हजार रुपैयाँ पाउनेछन् । कतार विश्वकपको कूल पुरस्कार राशी ४४० मिलियन अर्थात ५७ अर्ब १ करोड ५२ लाख रुपैयाँ रहेकोछ ।
विश्वकप कतार २०२२ को पुरस्कार राशी
विजेता: ४२ मिलियन डलरउपविजेता: ३० मिलियन डलरतेस्रो स्थान: २७ मिलियन डलरचौथो स्थान: २५ मिलियन डलरक्वाटरफाइन: १७ मिलियन डलरअन्तिम १६ : १३ मिलियन डलरसमूह चरण: ९ मिलियन डलर
विगतमा कुन विश्वकप विजेताले कति रकम पाए ?
१९८२, इटली:  २.२ मिलियन१९८६, अर्जेन्टिना:  २.८ मिलियन१९९०, जर्मनी:  ३.५ मिलियन१९९४, ब्राजिल:  ४ मिलियन१९९८, फ्रान्स:  ६ मिलियन२००२, ब्राजिल:  ८ मिलियन२००६, इटली:  २० मिलियन२०१०, स्पेन: ३० मिलियन२०१४, जर्मनी: ३५ मिलियन२०१८, फ्रान्स: ३८ मिलियन२०२२, ४२ मिलियन

प्रतिक्रिया दिनुहोस