मेडिकल कलेज, आइटी कलेज र हवाईमार्ग निर्माणः सन्दिपको सङ्कल्प

मेडिकल कलेज, आइटी कलेज र हवाईमार्ग निर्माणः सन्दिपको सङ्कल्प

सुशीला रेग्मी
रामपुर (पाल्पा), मङ्सीर १
नेपाली कांग्रेसका प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार सन्दिप रानाको उम्मेदवारीले मतदातामा उत्साह छाएको छ । पाल्पा क्षेत्र नं १ मात्र नभई समग्र कालीगण्डकी वारिपारीका आम नागरिकमा उहाँको उम्मेदवारीले एक किसिमको उत्साह र जनतामा उर्जा थपिएको छ । सबैलाई समान र न्याय ढंगले मित्रवत् व्यवहार गर्ने उम्मेदवार रानाले आफ्नो क्षेत्रको लागि मात्र नभई कालीगण्डकी वारिपारीका नागरिकलाई सुबिधा लिन मिल्ने खालका चुनावी योजना जनतामाझ ल्याउनुभएको छ । उहाँले रामपुरमा मेडिकल कलेज, आइटी कलेज स्थापना, यातायात क्षेत्रलाई सुगम बनाउन हवाईमार्ग निर्माण लगायतका नयाँ योजना ल्याउनुभएको छ ।
पाल्पा, स्याङ्गजा, तनहुँ र नवलपुरको केन्द्र भागमा रहेको पाल्पा क्षेत्र नं १ ले भविष्यमा राम्रो विकासको सम्भावना बोकेको छ । यस क्षेत्रको विकास र यहाँका जनतालाई सुबिधा दिलाउने गरी मेडिकल कलेज, आइटी कलेज स्थापना, हवाईमार्ग निर्माण लगायतका उहाँका चुनावी योजनाले मतदातामा खुशीयाली छाएको छ । साथै पर्यटकीय नगरी रामपुरलाई एउटा साँस्कृतिक शहरका रुपमा विकास गर्ने र यहाँको मौलिक संस्कृतीलाई जोगाउने उहाँको चुनावी प्रतिबद्धता छ ।
लामो समय केन्द्रिय राजनिती र नेता संग नजिक रहनुभएका रानाले अब पुर्वी पाल्पाको परिवर्तनको लागि आफू आएको बताउनुभयो । पुर्वी पाल्पाको रामपुर, झिरुवासको काउलेडाँडा, मित्यालका बस्ती, सहलकोटका गुफा सहित यस ठाउँले पर्यटन विकासमा सम्भावना बोकेको हुदा विकास गरी हेर्न र घुम्न लायकको ठाउँ बनाउने राना बताउनुहुन्छ । यहाँको मौलिकता जोगाउन देखि परम्परागत कृषिमा आधारित जनतालाई सक्षम बनाउन, जीवनस्तर सुधार गर्नका लागि अबको पाँचवर्ष जनताको सुखदुखमा खर्चने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस