शैक्षिक र आर्थिक समाजिक विकासको एजेण्डा एमालेसँग मात्रः सारु (काे हुन् खेम सारू?)

शैक्षिक र आर्थिक समाजिक विकासको एजेण्डा एमालेसँग मात्रः सारु (काे हुन् खेम सारू?)

पाल्पा, कार्तिक २७
नेकपा एमाले पाल्पा क्षेत्र नं. १ (२) का प्रदेश सभा उम्मेदवार खेम बहादुर सारुले आर्थिक सामाजिक विकासको ऐजेण्डा नेकपा एमाले संग मात्र भएको बताउनु भएको छ । रम्भा गाउँपालिका वडा नंं ३ पिपलडाडा क्षेत्रको घरदैलो कार्यक्रमा सहभागी हुदै एमाले प्रदेशसभा सदस्य उम्मेदवार सारुले केपी ओली सरकारले ल्याएको आर्थिक सामाजिक विकासका योजना बाट देशी विदेशी शक्ति अतालिएर एमाले सरका विघटनमा लागेको बताउनुभयो ।
नेता सारुले नेपालमै रहेको जनशक्तिको जोश र जाँगर लाई राष्ट्र निमार्णको महत्तवपुर्ण क्षेत्रमा लगाई उत्पादनशिलता हासिल गर्ने योजना एमालेले अघि सारेको बताउनुभयो । रम्भाको पिपलडाडा क्षेत्रको विकास, सडक स्तरउन्नती, अधुरा खानेपानी योजना, पर्यटकीय पुर्वाधार निर्माणमा आफुले पहल गर्ने एमाले उम्मेदवार सारुले बताउनुभयो ।

काे हुन् एमाले पाल्पा क्षेत्र नं. १ (२) प्रदेश सभा सदस्य उम्मेदवार खेम बहादुर सारू ?

मंसिर ४, २०७९ को निर्वाचनमा पाल्पा १ (२) बाट नेकपा (एमाले)ले खेमबहादुर सारु शैक्षिक र बौद्धिक व्यक्तिलाई उम्मेदवारका रुपमा खडा गरेको छ । पाल्पाको जल्पामा सामान्य परिवारमा २०३६ साल कात्तिक ५ गते जन्मनुभएका खेम बहादुर सारु सानै देखि बहुमुखी स्वभावको हुनुहुन्थ्यो । बाल्यकाल देखिनै अध्ययनमा गहिरो रुचि राख्ने सारु सानैदेखि नै हरेक कुरामा जिज्ञासु बन्ने गर्नुहुन्थ्यो । आमा खगिसरा सारु र बुवा जंगबहादुर सारुका ४ छोरा र १ छोरी मध्ये सारु जेष्ठ सुपुत्र हुनुहुन्छ । अरुको अन्याय अत्याचार नसहने निडर स्वभाव भएका सारुको बाल्यकाल सामान्य किसिमले नै बित्यो । खेल क्षेत्रमा रुची भएका सारु साथीभाइ सँग खेलमा नै रमाउने गर्नुहुन्थ्यो ।

शम्भु माध्यमिक बिद्यालय जल्पाबाट प्रारम्भिक शिक्षा हासिल गर्नुभएका सारुले जनता माध्यमिक बिद्यालयबाट एस एल सी पास गर्नुभएको हो । सारुले अंग्रजी बिषयमा स्नातकोत्तर गर्नुभएको छ । ४३ बर्षको उमेरमा करिब २१ बर्ष बेथल बोर्डिङ्ग स्कुल तानसेनमा प्रिन्सिपलको भूमिका निभाउनुभएको छ । बाल्यकालमा बालक्लबको नेतृत्वमा जल्पालाई खुला दिशा मुक्त क्षेत्र बनाउन खाल्डे चर्पी बनाउने अभियानको नेतृत्व गर्नुभयो । युवा क्लब र लायन्स क्लबबाट समाजसेवाको सक्रिय भूमिका निभाइरहनु भएका सारु राजनैतिक क्षेत्रमा भने २०४८ सालमा अनेरास्ववियुको सदस्य बनेर प्रवेश गर्नुभयो । क्याम्पस अध्ययनकै क्रममा उहाँलाई राजनीति गर्ने हुटहुटी चल्यो ।
जनता गरिब छन् । पढ्नका लागि नजिकै विद्यालय छैनन् । आफ्नो गाउँ ठाउँको विकास गर्न पनि राजनीति गर्न आवश्यक रहेको उहाँको बुझाइ रह्यो । अनि विद्यार्र्थी राजनीति थाल्नुभयो । श्रमजीवी वर्ग, शोषित, पीडित, गरिब र निम्न वर्गको हित रक्षा गर्ने पार्टी कम्युनिस्ट पार्र्टी हो । त्यसको मूल धार नेकपा (एमाले) हो भन्ने बुझ्नुभएका खेम सारुले एमालेको भातृ संगठन अनेरास्ववियुमा आवद्ध भएर राजनीतिक गतिविधिमा जोडिनुभयो ।
खेमबहादुर सारु २०५३ सालदेखि २०५५ सालसम्म त्रिभुवन बहुमुखी क्याम्पस इकाइ कमिटी सदस्य बनेर काम गर्नुभयो । राष्ट्रको सामाजिक, आर्थिक विकासका वाधकको रुपमा रहेका कुरीति, विभेद, विसंगति, अन्याय, ढिलासुस्ती, वैदेशिक हस्तक्षेपको बिरोधमा उत्रिनुभयो । महंगी, कालाबजारी आदिको न्यूनीकरण गर्ने आन्दोलनमा समाहित हुनुभयो । समृद्ध नेपाल, सुखी नेपाली नारा साकार पार्न शिक्षित, योग्य युवाहरुबाट अग्रता लिनुपर्छ भन्ने बिचारले राजनीतिमा थप सक्रिय बन्दै जानुभयो । दाजु जय बहादुर सारु र मित्र रेवत राना बाट प्रेरित हुनुभएका सारु २०७८ सालदेखि नेकपा (एमाले) जिल्ला कमिटी सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस