शरिरमा एक थाेपा रगत हुँदासम्म कालिगण्डकीकाे डाइभर्सन हुन दिने छैनाैंः कांग्रेस उम्मेदवार

शरिरमा एक थाेपा रगत हुँदासम्म कालिगण्डकीकाे डाइभर्सन हुन दिने छैनाैंः कांग्रेस उम्मेदवार

पाल्पा, कार्तिक २६
संयुक्त गठबन्धनमा आवद्ध दलबाट पाल्पा क्षेत्र नं. १ का उम्मेदवारहरुले कालिगण्डकी डाईभर्सन हुन नदिने बताएका छन् । नेपाली कांग्रेसका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार बनेकाहरुले चुनावी सभा तथा घरदैलो कार्यक्रममा नागरिकहरुसँग कालिगण्डकीको एक थोपा पानी पनि अन्यत्र जान नदिने प्रतिवद्धता जनाएका हुन् ।
शनिबार रामपुर नगरपालिकाको वडा नं. ३, ५ र ६ मा भएको घरदैलोमा मतदाताहरुसँग जीवन र जीविकासँग जोडिएको कालिगण्डकीको पानी शरिरमा एक थोपा रगत रहुञ्जेल अन्यत्र जान नदिने बताएका हुन् । नेपाली कांग्रेस पाल्पाका उपसभापति एवं पाल्पा क्षेत्र नं. १ का गठबन्धनका साझा उम्मेद्वार ज्ञान बहादुर गाहाले कालीगण्डकी हामी सबैको सम्पदा रहेको भन्दै डाईभर्सन रोक्न र नदीको संरक्षणका लागि आफु प्रतिवद्ध भएर लाख्ने समेत बताए ।


नेपाली काँग्रेसका प्रतिनिधि सभा समानुपातिक उम्मेदवार सन्दिप रानाले कालिगण्डकी नदीलाई आफ्नो शरिरमा एक थोपा रगत बहुञ्जेल एक थोपा नदीको पानी डाईभर्सन हुन नदिने बताएका छन् । उनी भन्छन्, जिल्ला जिल्लामा जलचर तथा स्थलचर जीव र मानव सम्भता नदीका कारण बाँचेका छन्, रानाले भने, हजारौं मानिसहरू रोजगारसँगै जीवन जीउने माध्यम हो । कालिगण्डकी मौलिक संस्कृती हो सभ्यता हो । पछिल्लो समय कालिगण्डकी करिडोरले यसको सुन्दरता थलेको छ । यो प्राचिन नदी हो । नेपालको संस्कृती र सम्भताको नदी हो । शालिग्राम पाइने एकमात्र नदी कालिगण्डकीमा भारद्वाज, पाणिनी, वशिष्ट तथा मार्कण्डेय ऋषिले तपस्या गरेको नदी हो ।


प्रतिनिधि सभा क्षेत्र नं. १ प्रदेश १ का उम्मेद्वार श्यामकान्त खनालले रामपुर नगरपालिकाका विभिन्न वडा र टोलहरुमा घरदैलो गरेका छन् । जनताको घरदैलोमा पुगेर खनालले विकसित गाउँ, समृद्ध शहर निर्माणको लागि आफु निर्वाचनमा होमिएको बताएका छन् । उनले अब परिवर्तनका लागि सोच्ने समय आएको बताउँदै युवाहरुलाई गाउँमै स्वरोजगार बनाउन र गाउँको विकासको लागि योजनाहरु अघि बढाउने बताए ।

पाल्पा क्षेत्र नं. १ का प्रदेश २ का उम्मेदवार शंकर खनालले युवालाई गाउँमै बस्ने वातावरण तयार गर्ने, कृषिको आधुनिकिकरण गर्ने, व्यावसायिक पशुपालन संगै वनलाई उत्पादनसंग जोड्न एग्रो फरेस्ट्री कार्यक्रम सञ्चालन गर्ने घोषणा बताए ।

प्रतिक्रिया दिनुहोस