कालिगण्डकी नदीलाइ बहुउपयाेग गर्छाैं, डाइभर्सन विनासकाे परियाेजनाः उम्मेदवार राना

कालिगण्डकी नदीलाइ बहुउपयाेग गर्छाैं, डाइभर्सन विनासकाे परियाेजनाः उम्मेदवार राना

पाल्पा, कार्तिक २४

नेपाली काँग्रेसका प्रतिनिधि सभा समानुपातिक उम्मेदवार सन्दिप रानाले कालिगण्डकी नदीलाइ बहुउपयाेग क्षेत्रबाट प्रयाेग गर्ने भन्दै नदी सभ्यतामाथी नै प्रहार हुने भन्दै डाइभर्सन विकासकाे परियाेजना हुन नसक्ने बताएका छन् ।

पाल्पा क्षेत्र नं. १ मात्र हाेइन विभिन्न जिल्लामा जलचर तथा स्थलचर जीव र मानव सम्भता नदीका कारण बाँचेका छन्, रानाले भने, हजाराैं मानिसहरू राेजगारसँगै जीवन जीउने माध्यम हाे । कालिगण्डकी माैलिक संस्कृती हाे सभ्यता हाे । पछिल्लाे समय कालिगण्डकी करिडाेरले यसकाे सुन्दरता थलेकाे छ । याे प्राचिन नदी हाे । नेपालकाे संस्कृती र सम्भताकाे नदी हाे । शालिग्राम पाइने एकमात्र नदी जहाँ भारद्वाज, पाणिनी, वशिष्ट तथा मार्कण्डेय ऋषिले तपस्या गरेकाे नदी हाे, कालिगण्डकी ।

जनताकाे अास्थाकाे केन्द्र भएकाे कालिगण्डकी नदीबाट सिंचाइ, खानेपानी तथा सरसफाइका कारण मानिसहरूकाे अार्थिक केन्द्रसँग नदी जाेडिएकाे छ, पाल्पा क्षेत्र नं. १ का समानुपातिक उम्मेदवार रहेका रानाले भने, सम्पूर्ण चराचर जगतलाइ पाेषित गरिरहेकाे हुन्छ । जीवन संस्कृती र सभ्यताकाे विकास हुन्छ । यसभित्र सुनाैलाे भविष्यकाे जगत लुकिरहेकाे छ । कालिगण्डकी यस क्षेत्रका जनताकाे जीवन र जगतसँग जाेडिएकाे हुँदा नदीकाे पानीलाइ बहुउपयाेग गर्न सकिन्छ ।

फरक प्रशंगमा उम्मेदवार रानाले युवाहरुलाई विकास र समाज रुपान्तरणमा अघि बढाउन गठबनधनले जित्नु पर्ने बताए । साथै रानाले महत्वपूर्ण आन्दोलन बाट प्राप्त भएको लोकतन्त्रको रक्षा गर्दै अवस्था परिवर्तनका लागि युवाहरु अघि बढ्ने समय आएको बताए । पाल्पा क्षेत्र नं. १ का प्रदेश सभा २ का उम्मेदवार शंकर खनालले पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास, दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षा, भाषा संस्कृतिको संरक्षणका लागि मातृभाषाको पठन–पाठन सुरु गर्ने, कृषिमा आत्मनिर्भर बनाउन सिचाईको प्रबन्धसहित कृषिको आधुनिकिकरण गर्ने, व्यावसायिक पशुपालनसँगै वनलाई उत्पादनसंग जोड्न एग्रो फरेस्ट्री कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् ।

पाल्पा क्षेत्र नं . १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेपाली काँग्रेस पाल्पाका उपसभापति ज्ञानबहादुर गाहाले पूर्वी पाल्पाको विकास अब गठबन्धनले गर्ने बताएका छन् । चुनावी अभियानमा मतदाताको घर घरमा पुुगेर गहाँले विगतमा एमालेले जिते पनि पूूर्वी पाल्पाको विकासमा कुनै परिवर्तन नआएको भन्दै गठबन्धनका उम्मेदवारलाई विजयी गराएमा यहाँको समग्र विकास गर्ने बताएका हुन् ।
 विगत २८ वर्ष देखि लगातार नेकपा एमालेले जित्दै आए पनि जनताले अनुभव गर्ने गरी परिवर्तन हुन नसकेको भन्दै यहाँको विकास र परिवर्तनका लागि  गठबन्धनका उम्मेदवारले जित्नै पर्ने बताए ।  गाहाले कालीगण्डकी हामी सबैको सम्पदा रहेको भन्दै डाईभर्सन रोक्न र नदीको संरक्षणका लागि आफु प्रतिवद्ध भएर लाख्ने समेत बताए । कालीगण्डकी धार्मिक, सांस्कृतिक र पर्यावरणीय महत्वको नदी भएकाले याहाँको पर्यटन प्रवद्र्धनका योजनाहरु अघि सरिने बताए  ।

जिल्लाको मुख्य व्यापारिक केन्द्र रामपुर संगै क्षेत्र नं. १ लाई सबै भन्दा पहिला सडक सञ्जालसँग जोडेको आर्यभञ्ज्याङ्ग–जब्गादी–रामपुर सडक जिर्ण बनेको भन्दै सडकलाई पिच सहित स्तरोन्नती गर्ने बाचा समेत गाहाले गरेका छन् । उनले बाँसटारी–झडेवा–रहबास– दुम्कीबास, अगाहाखोला–हुमिन–देवीनगर–झडेवा–भुटुके, सुनवल जोड्ने सडक स्तरोन्नती गर्ने योजना अघि सारेको बताए । साथै गाहाले प्रत्येक पालिकाको केन्द्रसम्म पुग्ने पक्की बाटो निर्माण गर्ने, कालीगण्डकी करिडोरसँगको पहुँच मार्ग निर्माण गर्ने घोषणा समेत गरे । विद्युत, खानेपानी र स्वास्थ्य क्षेत्रका योजनालाई प्रथामिकताका साथ अघि बढाउने पनि उनाले बताए ।

नेपाली काँग्रेसका प्रदेश समानुपातिक उम्मेदवार तारा रसाईलीले महिलाहरुको उत्थान र पिछडिएका वर्गलाई मूलधारमा ल्याउनका लागि आफ्नो उम्मेदवारी रहेको बताइन् । प्रतिनिधि सभा क्षेत्र नं. १ प्रदेश १ का उम्मेदवार श्यामकान्त खनालले अब परिवर्तनका लागि सोच्ने समय आएको बताउँदै विकसित गाउँ, समृद्ध शहर निर्माणका लागि आफु निर्वाचनमा होमिएको बताए । गठबन्धनका उम्मेदवारहरुसँगै कांग्रेस पाल्पाका जिल्ला सचिव सन्तोष कुमार थापा, क्षेत्रिय सभापति झमनराज मगर, महाधिवेशन प्रतिनिधि दान बहादुर पछाई, प्रदेश महासमिति सदस्य किशोर पंगेनी लगाएतका नेताहरु मतदाताको घर–घरमा पुुगेका छन् ।

प्रतिक्रिया दिनुहोस