पाल्पामा झण्डै १ सय ५० युवाहरू काङ्ग्रेसमा प्रवेश

पाल्पामा झण्डै १ सय ५० युवाहरू काङ्ग्रेसमा प्रवेश

पाल्पा, कात्तिक २३
पाल्पामा विभिन्न पार्टी परित्याग गरि करिब १ सय ५० युवाहरूको समूह काङ्ग्रेसमा प्रवेश गरेका छन् । तानसेनमा बुधबार भएको युवाहरूको भेलाले गठबन्धनको सरकार नै देशका लागि आवश्यक रहेको भन्दै आफूहरु काङ्ग्रेस पार्टीमा प्रवेशमा गरेको बताएका छन् ।

नेपाली काङ्ग्रेसका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठ, प्रदेश सभा क्षेत्र नं २, १ का उम्मेदवार, नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर राना,युवा नेता रवि गुरूङ,छवि थापाले पाटीमा स्वागत गर्नुभएको हो ।

देशको परिवर्तन गठबन्धनकै सरकार गर्ने विश्वास र अठोटका साथ अन्य पार्टी परित्याग गरि युवाहरु काङ्ग्रेसमा प्रवेश गरेको युवाहरूले बताएका छन ।

पाटीमा स्वागत गर्दै नेपाली काङ्ग्रेस पाल्पाका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठले आगामी मङसिर ४ पछि गठबन्धनको नेतृत्वमा बहुमतको सरकार बन्ने बताउनुभयो । गठबन्धनले हार्नु भनेको नेपाल र नेपाली जनता हार्नु हो । अहिलेको निर्वाचन युवाहरूलाई रोजगारसँग जोड्ने,संविधानको रक्षा,राजनीति स्थायित्व र विकासका लागि भएकाले सबै युवाहरू एक जुट भइ सशक्त रूपमा अगाडि बढ्न आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस