पूर्वखोलामा सहकारी शिक्षा

पूर्वखोलामा सहकारी शिक्षा

कपिल देवकोटा
कार्तिक १९ पाल्पा
पाल्पाको पूर्बखोलामा सहकारी शिक्षा कार्याक्रम सम्पन्न भएको छ ।
नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लि केन्द्रीय कार्यालय मध्यविन्दु १० अरूङ्गखोला नवलपरासी ब सु पूले २५ औं रजत वर्षको अवसरमा सेवा केन्द्र पूर्वखोलामा सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । शनिबार पूर्वखोला ३ स्थित उद्बबुद् मा वि को सभाहलमा संचालन भएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी राम प्रसाद काफ्ले , सहायक महाप्रबन्धक विमला पाठकले सहजीकरण गर्नुभएको थियोे ।
कार्यक्रममा सहभागीहरूलाई सहकारीको परिभाषा संग संगै सहकारीको परिचय, स्थापना ,यसले गर्ने कार्य , संस्थाको परिकल्पना , उदेश्य ,लक्ष्य यसले वित्तीय कारोबार संग संगै गैर वित्तीय क्षेत्रमा गरेको योगदान यस संस्थाको सदस्यता लिइसके पछि पाइने सेवा सुविधा लगायतका विषयमा जानकारी गराइएको थियो।
यसैगरी संस्थाले बचत तथा ऋण कारोबारमा लिनेदिने ब्याजदर , बचतका प्रकार ऋणका प्रकारहरू लगायतका विषयमा समेत जानकारी दिइयो । कार्यक्रममा यस संस्थामा आवद्ध सदस्यहरूको गुनासो तथा जिज्ञासा समेत संकलन गरि त्यस माथि छलफल गरिएको थियोे । कार्यक्रमको अवसरमा संस्थाको शेयर सदस्यको रूपमा रहनु भएका पूर्वखोला(३ रिङ्नेरहका वडा सदस्यहरू गणेश बहादुर काम्मु मगर र देविसरा गाहा लाई मायाको चिनो सहित प्रमाणपत्रले सम्मान गरिएको थियो । उद्बुद् कलेजका क्याम्पस प्रमुख हरि प्रसाद न्यौपाने सस्थालाइ शुभकामना दिदै सेवा केन्द्र पूर्वखोलाले दिएको सेवा प्रभावकारी रहेको र यस्तै सेवा अबका दिनमा पनि प्रदान गर्दै जानुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रमा संस्थाका अध्यक्ष चन्द्र मणि खरेलले आफ्नो भनाइ राख्दै कार्यक्रमको समापन गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस