बसले मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जाका पाण्डेको मृत्यु

बसले मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जाका पाण्डेको मृत्यु

पाल्पा, कार्तिक १८
पाल्पाको दोभानमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । स्याङ्जा चापाकोट नगरपालिका ५ का ४१ बर्षिय मोहन प्रसाद पाण्डेको मृत्यु भएको हो ।


पाल्पाबाट बुटवल तर्फ जादै गरेको ग १६ प १४८६ नम्बरको मोटरसाइकललाई बिपरीत दिशाबाट आउदै गरेको लु २ ख २४९ नम्बरको बसले ठक्कर दिदा घाईते भएकाका पाण्डेको लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरिक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस