चिच्याएर बर माग्ने सत्यवती मेला आज शुक्रबारदेखी

चिच्याएर बर माग्ने सत्यवती मेला आज शुक्रबारदेखी

चिच्याएर बर माग्ने सत्यवती मेला आज शुक्रबार कात्तिक १८ गतेदेखि २२ गतेसम्म लाग्ने भएको छ । कार्तिक १८ गते एकादशीबाट २२ गते पूर्णिमासम्म दर्शन गर्ने राम्रो जोग परेको सत्यवति मन्दिर ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाले बताउनुभयो । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सत्यवती मेलामा दर्शन गर्न र भाकल अनुसार पुजा गर्न आउनेको घुइचो लाग्दछ ।

यस बर्ष डेढ लाख दर्शनार्थी आउने र सो अवधिमा ६ लाख रुपैया भेटि उठ्ने अनुमान गरिएको मन्दिर व्यबस्थापन समिति अध्यक्ष दान बहादुर गाहाले बताउनुभयो । खासगरी रातिको समयमा मेला लाग्ने र चिच्याएर बर माग्ने मेलाको रुपमा परिचित सत्यवती बज्यै मेला परिचित छ । सत्यवती बज्यै बुढी भएकी र कानले समेत कम सुन्छिन् भन्ने मान्यताका आधारमा चिच्याएर बर माग्ने प्रचलन रहँदै आएको छ । जिल्लाको गहनाका रुपमा स्थापित सत्यवति मन्दिरले देशभित्रमात्र नभई छिमेकी भारतमा समेत ख्याति कमाएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो ।

धार्मिक तथा ऎतिहासिक महत्व बोकेको सत्यवती मेलामा दर्शन गर्न र भाकल अनुसार पुजा गर्न आउनेको घुइचो लाग्दछ । पाल्पा जिल्ला सहित छिमेकी जिल्लाहरुका विभिन्न स्थान र भारतको सुनौली,नौतुना,गोरखपुर लगायतका क्षेत्रबाट भक्तजन आउने गर्दछन । जिल्लाको गहनाका रुपमा स्थापित सत्यवति मन्दिरले देशभित्रमात्र नभई छिमेकी भारतमा समेत ख्याति कमाएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । सहज तरिकाबाट पर्यटक भित्र्याउन स्थानिय सरकार लागिपर्ने बताउदै श्रेष्ठले मन्दिर दर्शन गर्न चाहने शारिरिक अशक्तता भएका दर्शनार्थीलाई सवारीमा पुग्ने ब्यवस्था गरिने जानकारी दिनुभयो । २४ माइल र झुम्सा पानीमिलबाट पुग्ने सडक मर्मत र खोलामा कजबेको ब्यवस्था गर्ने तयारी गरेको पालिकाले एकतर्फी बाटो खोल्ने जनाएको छ ।

मन्दिर व्यबस्थापनमा समिति र पालिकाले जोड दिएको छ । मन्दिर पुग्ने सडक मर्मत, मन्दिरमा पिउनेपानी, ट्वाईलेटको थप ब्यवस्थापन गरेको छ। मन्दिरको डिपिआर अनुसार पुर्वाधार विकासको काम थालिएको छ । यस बर्ष डेढ लाख दर्शनार्थी आउने र सो अवधिमा ६ लाख रुपैया भेटि उठ्ने अनुमान गरिएको मन्दिर व्यबस्थापन समिति अध्यक्ष गाहाले बताउनुभयो । मन्दिरमा करीब १ सय ५० बढि स्टलहरु राखिनेछ । मादक पदार्थ विक्रिवितरण र सेवन रोकिनेछ । २४ माईलदेखि झुम्सासम्मको सडकमा हुने सवारी चाप ब्यवस्थापनमा जोड दिने तिनाउ वडा नं ४ का वडाध्यक्ष तुल बहादुर आलेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस