‘नेप्सेले चाँडै ४,२०० को विन्दू चुम्छ !’,तिमिल्सिनाको प्राविधिक विश्लेषण(चार्टसहित)

‘नेप्सेले चाँडै ४,२०० को विन्दू चुम्छ !’,तिमिल्सिनाको प्राविधिक विश्लेषण(चार्टसहित)

काठमाण्डौ।शेयर बजारको कारोबार मापक नेप्से परिसूचक अब निकट भविष्यमै बुलिस ट्रेण्डमा दौडने प्राविधिक जानकार अमिर तिमिल्सनाले दाबी गरेका छन् । अब नेप्से परिसूचक बढेर २१०० हुँदै ४,२०० पुग्ने जिकिर गरेका हुन् । 

“निकट समयमै नेप्से परिसूचक १,७८० आसपासको लो बनाइसकेपछि २१०० देखि २,२०० सम्म एकुमुलेसन स्टेज(सेयर खरिद) पार गर्दै परिसूचक ४,२०० विन्दूतर्फ उन्मुख हुने ठोकुवा गर्न सकिन्छ ।”,तिमिल्सिनाले भने । 

“गत वर्षको अगष्ट १९ मा नेप्सेले हालसम्मकै सर्वाधिक उचाई(इन्ट्राडे ३२२७)लाई छोएर ३,१८० मा बन्द भएको थियो । यस पटकको बुल सकिएर वियरिस ट्रेण्डको हालसम्म गत जुन २४ मा नेप्से १,८०६ न्यून विन्दू लगाएर १,८६२ मा बन्द भएको अवस्था छ ।”प्राविधिक जानकार तिमिल्सिना भन्छन्,“सर्वाधिक उचाईबाट ४४ प्रतिशत बजारको गिरावट भइसकेको वर्तमान परिप्रेक्ष्यमा विगतको बुल र वियर ट्रेण्डका न्यूनतम तथा उच्चतम विन्दू एक निश्चित प्यारालल च्यानलभित्र समाहित भएको थियो । प्राविधिक विश्लेषणको सन्दर्भमा,एक प्यारालाल च्यानल तब मात्रै बन्छ जब कुनै बजारको मूल्य उत्तारचढाव २ वटा समानान्तर रेखाहरु बीचमा चल्दछ ।”

तिमिल्सिनाका अनुसार माथिल्लो रेखा स्वीङ्ग हाईको मूल्यहरुलाई दर्शाउँदछ । जबकि तल्लो रेखा स्वीङ्ग लोहरुलाई जोड्दछ । प्यारालल च्यानल बढ्दो ,घट्दो र साइडवेज गरी ३ प्रकारका हुन्छन् । प्राविधिक विश्लेषणमा प्यारालाल च्यानलको अधिक शुद्धता हुने उनले बताए ।  

नेप्से परिसूचक सन् २००० मा ५४५,सन् २००८ मा १,१७५ सन् २०१६ मा १,८८८ सर्वाधिक उच्च विन्दू थिए । यी ३ उच्च विन्दूहरुलाई एक समानान्तर रेखाले जोडेको उल्लेख गर्दै उनी ३ वटा बुलका उच्च विन्दूहरुलाई एस्सेण्डिङ्ग प्यारालल च्यानलको स्वीङ्ग हाई रेखाले जोेडेको बताउँछन् । सन् २००० मा ५४५ र सन् २००८ मा १,१७५ पुगेको नेप्सेको उच्च विन्दूहरुले ८ वर्ष पश्चात् सन् २०१६ मा १,८८८ उच्च विन्दू बनाउँछ  भनी ८ वर्ष अगावै तय गरेको उनको जिकिरसमेत छ । त्यसै एस्सेण्डिङ्ग प्यारालल च्यानलको स्वीङ्ग लो रेखाले सन् २००८ को वियरिस ट्रेण्डको न्यूनतम विन्दू २९८ को आधारमा सन् २०१९ को वियरिस ट्रेण्डको न्यूनतम विन्दू १,१०० आसपास हुने पूर्व निर्धारित थियो । यसरी हेर्दा पूर्वनिर्धारित न्यूनतम विन्दू ११०० बाट नै हालसम्मकै सर्वाधिक उचाई ३,२२७ पुगेको उनले दाबी गरे । 

तिमिल्सिनाका अनुसार अहिले पनि एउटा नयाँ एस्सेण्डिङ्ग प्यारालल च्यानल बनेको छ । सन् २०१६ को उच्चतम विन्दू १,८८८ र सन् २०२१ को उच्चतम विन्दू ३,२२७ त्यस एस्सेण्डिङ्ग प्यारालल च्यानलका स्वीङ्ग हाईहरु हुन् भने सन् २०१९ को  न्यूनतम विन्दू १,१०० पहिलो स्वीङ्ग लो रहेको बताउँदै उनले भने,“अब बन्न सक्ने दोस्रो स्वीङ्ग लो १,८०० देखि १,७८० सम्मको हुनसक्ने एस्सेण्डिङ्ग प्यारालल च्यानलले दर्शाउँछ ।”

यसलाई तलको चार्टमा थप प्रष्ट पारिएको छ :-

arthabeat.com

प्रतिक्रिया दिनुहोस