ओकेबाजेको चौरासी पूजाको आम्दानी खर्च सार्वजनिक

ओकेबाजेको चौरासी पूजाको आम्दानी खर्च सार्वजनिक

सुशीला रेग्मी
रामपुर (पाल्पा), १५ कात्तिक
जापानीज नागरिक काजुमासा काकिमी (ओकेबाजे) को चौरासी पुजाको आम्दानी खर्च पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । रामपुर नगरपालिका वडा नं ८ एक्लेटारको गंगा माविमा कार्यक्रम भएको हो । चौरासी पुजा मुल आयोजक समितिका संयोजक तथा गंगा माविका प्रधानाध्यापक देवराज देवराज देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि ओकेबाजे रहनुभएको हो । ओकेबाजेले नेपालीको धेरै माया पाएको हुदा नेपाललाई कर्मथलो बनाएर काम गर्न पाउँदा खुशी लागेको बताउनुभएको छ ।
अध्यक्ष देवकोटाले आम्दानी खर्चबारे जानकारी गराउनुहुदै १८२ वटा विभिन्न संघ संस्था, व्यक्तिबाट ११ लाख १७ हजार ५५५ रकम सङ्कलन भएकोमा ७ लाख १६ हजार ५९१ रकम पूजामा खर्च भएको बताउनुभएको छ । सङ्कलित रकममध्ये बाँकी ४ लाख ९६४ रकम आज ओकेबाजेलाई नै हस्तान्तरण गरिएको छ । जनमार्ग माविका प्रधानाध्यापक श्यामबहादुर दिशाको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन रामतुलसी माविका शिक्षक लेखनाथ शर्मा मरासिनीले र धन्यवाद मूल आयोजक समितिका सदस्य तथा रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्सालले दिनुभएको हो । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिको सहभागीता रहेको थियो । ओकेबाजेको गत असोज २३ गते गंगा माविमा नेपाली परम्परा अनुसार धुमधामका साथ चौरासी पुजा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस