उम्मेदवारहरू घरदैलाेमा पुगेर समस्या बुझ्दै

उम्मेदवारहरू घरदैलाेमा पुगेर समस्या बुझ्दै

नेकपा एमाले पाल्पा क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य उम्मेदवार नारायण प्रसाद आचार्यले निस्दी गाउँपालिका वडा नं.६ अर्चलेका मतदाताहरुसँगको भेटघाट तथा अन्तरक्रिया गर्नुभएको छ । उहाँले यस क्षेत्रमा दालचिनी, अम्रिसो तथा गेडागुडीको पकेट क्षेत्रको रुपमा अर्चले क्षेत्र लाई विकास गर्ने बताउनुभयो ।

पाल्पा १(२)का प्रदेशसभा सदस्य उम्मेदवार खेम बहादुर सारुले रम्भा गाउँपालिका–२ फोक्सिङकोटका विभिन्न टोलहरुमा पुगि मतदाताहरुसँग भेटघाट गरिरहनुभएको छ । प्रदेश सभा सदस्य सारुले फोक्सिङकोट लाई व्यसायिक बाख्रा पालन, घरेलु मदिरा ब्राण्डिङको लागि पहल गर्ने बताउनु भएको छ ।

उहाँले निस्दी लगायतका जनताको दैनिकीसँग जोडिएका विषयहरुलाई तत्काल सम्बोधन गर्ने बताउनुभयो । पाल्पा १ (१)का प्रदेशसभा सदस्य उम्मेदवार राजुप्रसाद श्रेष्ठले “रामपुर निस्दी हुँदै गैडाकोट सडकको स्तरोन्नती, सबै ठाउँमा नेपाल टेलिकमको टावर सुविधा र इन्टरनेट सहजतामा आफूहरुले काम गर्ने बताउनुभयो ।

पाल्पा क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य एमाले उम्मेदवार ठाकुर प्रसाद गैरे र प्रदेश सभा सदस्य उम्मेदवार ओम बहादुर घर्तिमगर पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको वडा नं. ६ जुठापौवामा घरदैलो तथा भेटघाटमा पुग्नु भएको छ । उहाँहरुले जनताको काममा प्राथमिकता दिएर काम गर्ने बताउनुभयो । पाल्पा २ (१)का प्रदेशसभा सदस्य उम्मेदवार परशुराम भट्टराई पनि निर्वाचन क्षेत्र अन्र्तगतका विभिन्न वडाहरुमा पुगेर मतदाताहरुसँग भेटघाट तथा अन्तर्क्रिया गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस