पाल्पाली समाजको देउसीभैलो

पाल्पाली समाजको देउसीभैलो

पोखरा, कात्तिक ८

पाल्पाली समाज पोखराले शनिबार पाल्पाली मौलिक खानाका परिकारसहित देउसीभैलो कार्यक्रम गरेको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष दुर्गा रायमाझी, राष्ट्रिय संगीतकर्मी संघ गण्डकी उपाध्यक्ष करण तामाङ, बसन्ती थापामगर, सूर्यप्रसाद पाण्डे, शान्ति डोटेल, सञ्जु थापामगर, सिमादेवी सारु, यशोदा कार्की लगायतका कलाकारले कार्यक्रममा प्रस्तुति राखेको समाजका अध्यक्ष रेशम थापाले जानकारी दिए । संस्थाको कोष वृद्धिका लागि तिहारको शुभकामना आदानप्रदानसहित देउसीभैलो कार्यक्रम गरेको बताए ।

समाजका पूर्व अध्यक्ष एवं पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले कला संस्कृतिको संरक्षणसहित समाज पर्यटन प्रवद्र्धनका लागि सक्रियताका साथ काम गरेको बताए । उनले पाल्पा हाउसमार्फत पाल्पा जिल्लाको चिनारी ढाका, करुवा लगायतका मौलिक उत्पादनको बजारीकरण गर्ने योजना रहेको बताए ।

कार्यक्रममा पाल्पाली समाज पोखराका प्रथम उपाध्यक्ष बालचन्द्र परियार, कार्यक्रम संयोजक सञ्जय आत्रेयले लगायतले बोलेका थिए ।

पोखराको न्यूरोडस्थित पाल्पा हाउस प्रालिको भवनमा भएको कार्यक्रममा समाजका सल्लाहकार, कार्यसमिति सदस्य, सहकारीका पदाधिकारी तथा सदस्यलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस