भुस्याहा कुकुरको टोकाईबाट पाल्पामा एकैदिन २८ जना घाइते

भुस्याहा कुकुरको टोकाईबाट पाल्पामा एकैदिन २८ जना घाइते

पाल्पा, कात्तिक ४
पाल्पा जिल्लाको माथागढी गाउँपालिका भित्रका विभिन्न क्षेत्रमा भुस्याहा कुकुरले टोक्दा एकैदिन २८ जना घाइते भएका छन् । सो क्षेत्रमा केहि दिनयता भुस्याहा कुकुरको विगविगी बढेको छ । घाईतेहरुको तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
बिहिबार भुस्याहा कुकुरको टोकाइबाट २८ जना घाइते भएका छन् । माथागढीको वडा नं. १, चिदीपानी, २ रुप्से र ३ कसेनीका गरी २५जनालाई भुस्याहा कुकुरले टोकेर घाइते बनाएको माथागढी–१ चिदीपानीका वडा अध्यक्ष राजकुमार पन्थीले जानकारी दिनुभयो । भुस्याहा कुकुरले कोहीलाई अनुहार, खुट्टा तथा हातका विभिन्न भागमा टोकेको अध्यक्ष पन्थीले बताउनुभयो ।
उनीहरुमध्ये ४ जनालाई घाँटीदेखि माथिको भागमा टोकेकाले इमिनोग्लोबिन इक्जेन्सन लगाउनुपर्ने अवस्था रहेको माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो । कुकुरको टोकाइबाट घाइते सबैको उपचार निशुल्क गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस