पाल्पा उद्योग बाणिज्य संघको ६७ औं साधारण सभा सम्पन्न

पाल्पा उद्योग बाणिज्य संघको ६७ औं साधारण सभा सम्पन्न

बिष्णु खनाल

पाल्पा, असोज २९

पाल्पा उद्योग बाणिज्य संघको ६७ औं साधारण सभा सम्पन्न भएको छ । संघले शनिबार तानसेन १ गोर्खेकोटको आफ्नै बहुउद्देश्यीय भबनमा साधारण सभा सम्पन्न गरेको हो । साथै संघको अधिबेशन सुरुभएको छ । साधारण सभा तथा अधिबेशनको लुम्बिनी प्रदेशका उर्जा जलश्रोत तथा सिचाइ मन्त्री बिरबहादुर रानाले दिप प्रज्वलन गरि उद्घाटनका गर्नुभयो ।

कार्यक्रममा शुभकामना मन्तब्य नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा,पाल्पा ब्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेल, पाल्पा उद्योग बाणिज्य संघका सल्लाहकार हरी रायमाझी, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्वल कसजु, तानसेन नगरपालिकाकि उपप्रमुख प्रतीक्षा सिंजाली, राजमेका प्रतिनिधि टिकाराम पौडेल,राप्रपाका जिल्ला अध्यक्ष डुलबहादुर कुवर,नेकपा एकीकृत समाजबादीका जिल्ला सचीव मोहन गैरे,नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अनिल किशोर घिमिरे,नेकपा एमालेका जिल्ला सदस्य त्रिरत्नलाल शाक्य,नेपाली काङ्ग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले आफ्नो ठाउँको बिकास आफैले गर्नुपर्ने बताउनुभयो । पाल्पाको समृद्धिमा यहाका स्थानीयकै ठुलो भुमिका रहने बताउनुभयो ।उहाँले सम्बन्धित ठाउँका बौद्धिक तथा उद्धमीहरु पलाएन हुदा यो समस्या आएको बताउनुभयो । नेपाल उद्योग बाणिज्य महासंघका बस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठले देशको अर्थतन्त्रमा समस्या आयो भने देशलाई नै समस्या पर्ने कुरा सबै राजनैतिक दललाई थाहा भएको बताउनुभयो । तर त्यसको समाधान कस्ले गर्ने वा समाधानको जिम्मेवारी कसले लिने भन्ने अन्योलताको अबस्था सृजना भएको बताउनुभयो ।बैंकको अबस्थाका कारण ब्यबसायीमा समस्या आएकाले समाधानका लागि उद्योग बाणिज्य महासंघले नेतृत्व गर्दै आन्दोलन गर्नुपर्ने अबस्था आएको बताउनुभयो ।

पाल्पा उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष मोहन प्रसाद श्रेष्ठले बहुउद्देश्यीय भबन बनाउन धेरै क्षेत्रको सहयोग रहेको बताउनुभयो । ब्यबसायीको समस्यामा नेपाल उद्योग बाणिज्य महासंघले गम्भीरता देखाउन नसकेको बताउनुभयो । उहाँले बैंकको थिचोमिचोमा ब्यबसायी परेको बताउनुभयो । नेपाल उद्योग बाणिज्य महासंघका पुर्बउपाध्यक्ष चन्डीराज ढकालले लामो समय देखि पाल्पासग सहकार्य गर्दै आएको धारणा राख्नुभयो । पाल्पामा धेरै कुराको सम्भावना रहेको बताउदै कृषि तथा शिक्षामा राम्रो सम्भावना रहेको बताउनुभयो । उहाँले पाल्पा लुम्बिनी र गण्डकी प्रदेशको नाका भएकाले यहाको कालीगण्डकी कोरिडोरले आर्थिक बिकासमा ठुलो सहयोग मिल्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेशका उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री वीर बहादुर रानाले पाल्पा उद्योग बाणिज्य संघले निर्माण थालेको भवन बनिरहेको छ ।राम्रो ठाउँमा बनेको भन्दै यो निजी क्षेत्रको मात्र नभइ यो राज्यको नै सम्पत्ति भएकाले प्रदेस सरकारले सहयोग गरेको बताउनुभयो । मन्त्री रानाले उद्योगी व्यापारी सफल नभइ रास्ट्र सफल नहुने बताउदै निजी क्षेत्र मैत्री सरकार हुनुपर्ने बताउनुभयो । राज्य संचालनको मुल नीति राजनीति भएकाले राजनैतिक भबिस्यसंग उद्योगी ब्यापारीहरुको भबिस्य जोडिएको हुदा राजनीतिलाई सफलता तर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले पाल्पामा थुप्रै ऐतिहासिक तथा पुराना सम्पदा रहेकाले त्यसको संरक्षण र प्रचारगर्नुपर्ने बताउनुभयो । बुटवल पाल्पा सडकलाई ३०/४० मिनेटमा आउने जाने बाताबरण मिलाउनुपर्ने बेला आएको बताउनुभयो । उहाले कालीगण्डकी कोरिडोर, सिद्धार्थ राजमार्ग र प्रदेसको गौरबको आयोजनाको रुपमा रामपुर कपुरकोट सडक समेत पाल्पामा पर्ने भएकाले पाल्पा आर्थिक हिसाबले पछि नपर्ने बताउनुभयो । कार्यक्रमको अबसरमा संघको कोटामा विभिन्न क्षेत्र अध्ययन पूरा गरेका विद्यार्थी ,संघमा रही सफल ब्यबसायीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रम पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष राजु महर्जनको अध्यक्षता, उपाध्यक्ष यादवसिह कार्कीको स्वागत र महासचिव शैलेन्द्र भट्टराईको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस