पाल्पा कुन क्षेत्रमा काे काे भिड्दै छन् ? प्रतिनिधि सभामा २४ उम्मेदवार (नामावली)

पाल्पा कुन क्षेत्रमा काे काे भिड्दै छन् ? प्रतिनिधि सभामा २४ उम्मेदवार (नामावली)

पाल्पा जिल्लामा दुइ प्रतिनिधिसभा तथा चार प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता सम्पन्न भएकाे छ । पाल्पाकाे प्रतिनिधिसभा क्षेत्र नं. १ मा १० र २ मा १४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै क्षेत्र नं. १ (क) मा ५ जना, क्षेत्र नंं १ (ख) मा ५ जना तथा क्षेत्र नंं २ (क) मा ७ जना, २ (ख) मा ६ जनाले मनोनयन दर्ता गरेका छन् ।

पाल्पा क्षेत्र नंं १ प्रतिनिधी सभाका लागि स्वतन्त्रबाट विपिन कडेल, नारायण न्यौपाने, डोल राज तिमिल्सीना, राजु सुनारले मनोनयन दर्ता गरेका छन् । गबठन्धनबाट नेपाली काँग्रेसका ज्ञान बहादुर गाहा, नेकपा एमालेबाट नारायण प्रसाद आचार्य, राष्ट्रिय जनमुक्ति पार्टीका उजिर सिंह दर्लामी, जनता समाजवादी पार्टी मेयरमान रानाले मनोनयन दर्ता गरेका छन् ।

यसैगरी क्षेत्र नंं १ (क) प्रदेश सभाको लागि मंगोल नेशनलबाट अर्गनाईजेशनबाट पूर्ण बहादुर रुचाल, नेकपा एमालेबाट राजु प्रसाद श्रेष्ठ, नेपाली काँग्रेसबाट श्यामकान्त खनाल, राप्रपा बाट डुल बहादुर गाहा, राष्ट्रिय जनमुक्ति पार्टी बाट भिमसेन सुनारी मगरले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

क्षेत्र नंं १ (ख) प्रदेश सभाका लागि मंगोल नेशनल अर्गनाईजेशनबाट लाल बहादुर दर्लामी, राप्रपाबाट लक्ष्मण प्रसाद पंगेनी, नेकपा एमालेबाट खेम बहादुर सारु, नेपाली काँग्रेसबाट शंकर प्रसाद खनाल, राष्ट्रिय जनमुक्ति पार्टीबाट टेक बहादुर रानाले मनोनयन दर्ता गरेको पाल्पा निर्वाचन क्षेत्र नंं १ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभा क्षेत्र नं. २ मा स्वतन्त्रबाट उपेन्द्रराज गैरे, केशर बहादुर आले, जीवलाल सुवेदी तथा राष्ट्रिय स्वतन्त्र पाटीबाट सोम प्रसाद गैरेले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै नेकपा एमालेबाट ठाकुर प्रसाद गैरे र गठबन्धन दलका तर्फबाट नेकपा समाजवादीका सोम प्रसाद पाण्डेयले उम्मेदवारी दर्ता गराए । राष्ट्रिय प्रजातन्त्र पाटीका भोजेन्द्र बहादुर केसी, नेककिपाका शिव सुन्दर धुख्वा, नेपाल आमा पाटीका तारा बहादुर खत्री, राष्ट्रिय जनमुक्ति पाटीका हुम बहादुर थापा, राप्रपा नेपालका खडानन्द गैरे, जन समाजवादी पाटीका देव बहादुर हिस्की, नेपाली कांग्रेस विपी श्रीधर न्यौपाने, मंगोल नेशनल अर्गनाइजेशन मन बहादुर दर्लामी तथा जनता समाजवादी पाटीका दुर्पदा सोमैले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनले जनाएको छ ।

यसैगरी पाल्पा क्षेत्र नंं २ (क) प्रदेश सभा सदस्यमा जसपाबाट खिक बहादुर रेश्मी, नेशनल मंगोल अर्गनाइजेशनबाट लक्ष्मण गाहा, राष्ट्रिय जनमुक्ति पार्टीबाट टेक बहादुर राना, राप्रपाबाट राजु गैरे, नेकपा एमालेबाट पर्सुराम भट्टराई, नेपाल मजदुर किसान पार्टीबाट माधव अधिकारी, नेपाली काँग्रेसबाट विर बहादुर रानाले मनोनयन दर्ता गरेका छन् । यसैगरी पाल्पा क्षेत्र नंं २ (ख) प्रदेश सभा सदस्यमा नेकपा माओवादी केन्द्रबाट बसन्त घर्ती, नेकपा एमालेबाट ओम बहादुर घर्ती, राप्रपाबाट चक्रपाणी पौडेल, राष्ट्रिय जनमुक्ति पार्टीबाट इन्द्र अस्लामी नेशनल मंगोल अर्गनाइजेशनबाट शिव बहादुर गाहा, जसपाबाट राजन खड्काले मनोनय दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस