आम निर्वाचन निष्पक्ष र भयरहित बनाउन एकमत

आम निर्वाचन निष्पक्ष र भयरहित बनाउन एकमत

पाल्पा,असोज १५
पाल्पामा क्रियाशिल राजनैतिक दलहरूले आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउने बिषयमा एकमत भएका छन् । उनीहरुले निर्वाचनलाई निष्पक्ष, भयरहित र विस्वासनीय बनाउन सात बुँदे प्रतिबद्धता समेत जनाएका छन् ।
दलहरूले आफ्नो विचार र घोषणापत्र भयरहित वातावरणमा राख्ने र नागरिकलाई स्वतन्त्रता पूर्बक मतदान गर्न पाउने अधिकारको संरक्षण गर्ने जनाएका छन् । बिगतका चुनाबमा प्रचारमा बालबालिकाको प्रयोग हुने गरेकोमा अबका दिनमा बालवालिका प्रयोग नगर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन । यस्तै मतदाता तथा सर्वसाधारणमा भ्रम फैलाउने भ्रमपूर्ण सूचना प्रवाह नगर्ने प्रतिबद्धता दलहरूले जनाएका नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले जानकारी दिनुभयो ।
फरक राजनैतिक दल तथा उम्मेद्वारले गरेको सभा, भेला तथा जुलुस विथोल्ने वा बाधा पर्ने काम नगर्ने सहमति भएको छ । निर्वाचन आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत तथा पर्यवेक्षकसँग समन्वय गरी सहयोगी बनेर सघाउने प्रतिबद्धता दलहरूको छ । आगामी निर्वाचनलाई विस्वसनीय, भयरहित र निष्पक्ष बनाउन दलहरूले यस्तो प्रतिबद्धता जनाएका हुन । दलहरुले निर्वाचन आचारसंहिता २०७९ को पूर्ण पालना गर्ने राजनैतिक दलहरूको कर्तव्य रहेको उल्लेख गरेका छन् । प्रतिद्धबतापत्रमा नेकपा (एमाले), नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, राप्रपा, स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका जिल्ला नेताहरूले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस