तानसेन प्रवासमा निशुल्क स्वास्थ्य शिविर, दीर्घराेगी लाभान्वित

तानसेन प्रवासमा निशुल्क स्वास्थ्य शिविर, दीर्घराेगी लाभान्वित

तानसेन नगरपालिका वडा नं. ७ प्रभासमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । बिहिबार सम्पन्न भएकाे स्वास्थ्य शिविरबाट झण्डै तीन सय जना बिरामी जनता लाभान्वित भएका छन् ।

तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले तानसेन नगरपालिकाले स्वास्थ्य क्षेत्रको संवेदनशीलता ध्यानमा राखी बीमा नभएकाे अवस्थामा जनतालाइ अप्ठ्याराे नपराेस् भनेर वडावडामा निशुल्क स्वास्थ्य कार्यक्रम गरेको बताउनुभयो । शिविरले नागरिकहरूमा भएको रोग पहिचान गर्न सहयाेग पुगेकाे बताउनुभयो ।

तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिङ्जालीले शिविरले नागरिकहरूको स्वास्थ्य रहेका समस्याहरूको पहिचान गर्न सहयोग गर्ने बताउदै वडा कार्यालयले आगामी दिनमा यस्ता रचनात्मक एवम नागरिकको जीवनशैलीमा परिवर्तन ल्याउने खालका कार्यक्रमलाई अगाडि बढाउन आग्रह गर्नुभयाे । कार्यक्रममा लुम्बिनी मेडिकल कलेजका प्रवक्ता कृष्ण पराजुलीले जनताकाे अाधारभूत स्वास्थ्यमा पहुँच राख्न र जनतालाइ विशेषज्ञ सहितकाे सेवा प्रवाहमा कलेज लागि परेकाे बताउनुभयाे ।

शिविरमा सुगर जाँच, प्रेसर जाँच, ई सि जि सेवा तथा परामर्श सेवा प्रदान गरिएको थियो । चार्डवार्ड नजिकिदै गर्दा वडा कार्यालयले फजुल खर्चलाई सहि ठाउमा सदुपयोग गर्नुपर्ने सन्देश प्रवाह सहित निशुल्क शिविरको आयोजना गरिएको वडा अध्यक्ष प्रदिप खनालले बताउनुभयो । चार्डपर्वमा मानव स्वास्थ्यलाई असर गर्ने खालका खानेकुरा नखान,चार्डपर्वको नाममा जुवा,तास नखेल्न समेत शिविरमा सहभागीहरूलाई सचेतना गराइएको वडा अध्यक्ष खनालले बताउनुभयो ।

तानसेन नगरपालिका वार्ड नं. ७ कार्यालयकाे अायाेजना लुम्बिनी मेडिकल कलेजको चिकित्सक सहयोग,ने पाल परिवार नियोजन संघ पाल्पा शाखाको प्राविधिक सहयोग आयोजना गरिएको हो । कार्यक्रमको सञ्चालन तानसेन नगरपालिकाका सरसफाइ शाखा प्रमुख शंकर भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस