पाल्पाको छहरामा जिप दुर्घटना, चार जना घाईते अपडेट सहित

पाल्पाको छहरामा जिप दुर्घटना, चार जना घाईते अपडेट सहित


पाल्पा असोज १३
पाल्पाको रैनादेवी छहरा गाउँपालिका ४ मा जिप दुर्घटना भएको छ । बुटवलबाट यात्रु लिएर पाल्पाको जुठापौवा तर्फ जादै गरेको लु १ ख १४३१ नम्बरको जिप भैरव नवदीप मावि छहराको निमार्णधिन भवन माथी दुर्घटना भएको हो ।
जीपमा सवार ११ जना मध्ये ४ जना घाइते भएका छन् । घाईते हुनेहरुमा झापा टोपकासी गाउँपालिका ५ का ४४ बर्षिय कृष्ण बहादुर राई, पाल्पा रैनादेबी छहरा ६ की १९ बर्षिय हिरा पुन, सोही स्थानका २४ बर्षिय दिपक पुन र ४१ बर्षिय छबिलाल रास्कोटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । दुर्घटना आज बिहान करिब ५ बजेको समयमा भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको तानसेन स्थित युनाईटेड मिसन अस्पतालमा उपचारको भईरहेको छ । जीप चालक प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस