रामपुरमा बाघको मूर्ति शुभारम्भ तथा सरसफाई अभियान

रामपुरमा बाघको मूर्ति शुभारम्भ तथा सरसफाई अभियान

सुशीला रेग्मी
रामपुर (पाल्पा), १२ असोज
रामपुर नगरपालिका वडा नं ६ मा सरसफाई तथा बाघको ढाडमा बाघको मुर्ति निर्माण शुभारम्भ कार्यक्रम भएको छ । तालपोखरा टोल विकास समितिका अध्यक्ष थिरलाल ढकालको अध्यक्षतामा कार्यक्रम भएको हो । यस क्षेत्रलाई धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न नगरपालिकाबाट विनियोजित रु दुई लाख वजेटबाट यहाँ बाघको मूर्ति निर्माणको काम थालनी गरिएको अध्यक्ष ढकालले जानकारी दिनुभएको छ । नगर प्रमुख रमणबहादुर थापाले कालीगण्डकीको किनारमा रहेको यो क्षेत्रमा नदीको किनारै किनार पैदलमार्ग निर्माण गर्ने नगरको योजना रहेको बताउनुभयो । कला संस्कृतिको संरक्षणमा नगरले आवश्यक सहयोग गर्ने बताउनुहुदै नगर प्रमुख थापाले विजयादशमी तथा शुभदिपावलीको शुभकामना दिनुभएको छ ।
तालपोखरा युवा समूहले पन्चेबाजा बजाएर दशैलाई स्वागत गर्दै सरसफाई कार्यक्रम शुरु गरिएको हो । पुरानो संस्कृतिलाई जगेर्ना गर्दै संस्कृति बचाउन बाजा बजाएर कौवा क्षेत्रमा टोल विकास संस्थाको अगुवाईमा स्थानीयले सरसफाई गरेका हुन् । पहिला पहिला गाउँघरमा बाजा बजाएर, भजनकृतन गर्दै सामुहिक रुपमा गाउँघर सरसफाई गरी दशैको स्वागत गर्ने परम्परा थियो । पूरानो परम्परा अहिले गाउँबाट हराउन पुगेको छ । यहाँका स्थानीयले वडा कार्यालयको सहयोगमा मौलिक संस्कृतिलाई अनुशरण गरी पहिलेजसो नै बाजा बजाएर गाउँघर सरसफाई अभियान कार्यमा जुटेको स्थानीय हुमा देवकोटाले बताउनुभएको छ ।
वडाध्यक्ष दिवाकर देवकोटाको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन वडा सचिव बासुदेव ढकालले गर्नुभएको हो । वडाका ११ वटै टोल विकास संस्थाको सक्रियतामा सरसफाई अभियान कार्यक्रम शुरु भएको छ । सबै टोल विकास संस्थालाई वडा कार्यालय मार्फत पिङ राख्न एक÷एक वटा डोरी उपलब्ध गराउने वडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस