सराईमा बजार अनुगमन

सराईमा बजार अनुगमन

पाल्पा, असोज १२
माथागढी गाउँपालिकले आज माथागढी ं३ कसेनीको सराई बजारका पसलहरुमा अनुगमन गरेको छ । दशैं तिहार जस्ता नेपालीहरुका महान चाडको बेला बजारमा अखाद्य बस्तु बिक्रिबितरण हुने गरेको गुनासो बढेपछि बजार अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ ।
अनुगमनका क्रममा बेकरी,मसला,हलुका पिय पदार्थ,चाउचाउ लगायतका म्याद नाघेका खाद्यबस्तु भेटिएका थिए ।
भेटिएका बस्तु वार्ड कार्यालय परिसरमा नष्ट गरिएको थियो । अनुगमनमा प्रमुख प्रशासकिय अधिकृत,पालिका उपाध्यक्ष, प्रहरी,पत्रकार लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस