मेरो ईतिहासमा अर्को एउटा शब्द थपिएको छ-बम बहादुर कार्की

मेरो ईतिहासमा अर्को एउटा शब्द थपिएको छ-बम बहादुर कार्की

नेपाल र नेपालीको पहिलो अनलाइन लोकदोहोरी प्रतियोगिताˮ गोर्खालिभ्वाईस लोक दोहोरी प्रतियोगिता सीजन १ को समापन गरीएको छ । लोक दोहोरीका पिता बम बहादुर कार्कीले कार्यक्रमको समापन गर्नुभयो । विजेता प्रतियोगिहरुलाइ पुरस्कार बितरण गर्दै कार्कीले मेरो ईतिहासमा अर्को एउटा शब्द थपिएको छ इतिहासमा पहिलो र पृथक “नेपाल र नेपालीको पहिलो अनलाइन लोकदोहोरी प्रतियोगिताˮ भनेको सुन्दा निकै खुशी भएको छु । प्र

तियोगितामा विभिन्न चरण पार गरेर नारायण पौडेल र विमला सुनुवारको जोडीले प्रथम स्थान हासिल गरेका छन् । वसन्त तिमिल्सेना र संगिता तामाङको जोडी द्वितीय भएका छन् । यस्तै दिलु मगर र लक्ष्मण घिमिरेको जोडीले तृतिय स्थान हासिल गरेका छन् । लोक दोहोरीको इतिहासलाइ सम्झिदै विजयी कलाकारलाइ शुभकामना दिनुभयो । विजयी हुने प्रथम जोडीले ५० हजार द्वितीय जोडीले ३० हजार र तृतिय हुने जोडीले नगद २० हजार सहित प्रमाणपत्र तथा सिल्ड प्राप्त गरेका छन् । गत वैशाख देखि आयोजित अनलाइन लाइभ लोकदोहोरी प्रतियोगितामा ५० जोडीको सहभागिता रहेको थियो । कार्यक्रममा निर्णायकको भुमिकामा लोक श्रजक तथा गायक रामचन्द्र चन्द, सुर्य खड्का र गायिका टिका सानु रहनुभएको थियो । आयोजकवाट कार्यक्रम निर्देशक संजय पौडयाल, निर्माता विश्वास आचार्य, कार्यक्रम संयोजक कमल पन्थी, कार्यक्रम प्रस्तोता दिनेश गौतम, परिकल्पनाकार तथा अवधारणा, भाका चयन, बिषयबस्तु निर्माण, तथा अतिथि आह्वानको लागि सहजकर्ता को भुमिका निर्वाहमा हेमनाथ खराल र भबिन्द्र गौतम को अध्यक्षतामा प्रतियोगिता चलेको थियो ।

गोर्खाली भ्वाइसको कार्यालय स्थापना  जेएन सनराइज मिडिया प्रा.लि.द्वारा सञ्चालित गोर्खाली भ्वाइस डट कमको काठमाडौं स्थित डिल्लिबजारमा सम्पर्क कार्यालयको औपचारिक समुद्घाटन भएको छ । लोकश्रस्टा, सर्जक, संस्कृतिबिद लोकगायक बम बहादुर कार्कीबाट रिवन काटी सञ्चार गृहको स्थापना गरेको छ । प्रा.लि को रजिष्ट्रड कार्यालय पाल्पाको तानसेनमा रहेको छ ।ईतिहासमा पहिलो कार्यक्रम  जेएन सनराइज मिडिया प्रा.लि. को आयोजनामा सञ्चालन भएको गोर्खालिभ्वाईस लोक दोहोरी प्रतियोगिता अनलाइन माध्यामवाट आयोजना भएको पहिलो कार्यक्रम भएको लोकगायक बम बहादुर कार्कीले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस