मानव अधिकार तथा शान्ति समाज पाल्पाको साधारण सभा तथा अधिवेशन

मानव अधिकार तथा शान्ति समाज पाल्पाको साधारण सभा तथा अधिवेशन

पाल्पा, असोज ३
मानव अधिकार तथा शान्ति समाज पाल्पा शाखाको २२ औं जिल्ला साधारण सभा तथा ११ औं जिल्ला अधिवेशन सोमबार तानसेनमा सम्पन्न भएको छ ।
अधिबेसनको जिल्ला न्यायधिस कमलराज बिष्टले उद्घाटन गर्दै बर्तमान संबिधानले आम नागरिकको लागी धेरै अधिकारको प्रत्याभूत गरेको बताए । मुलुकमा संबिधान सभाद्धारा निर्मित संबिधान भएपनि धेरै कानुनहरु निर्माणको क्रममा रहेकोले मानव अधिकार उल्लंघनको घटना भए शान्ति समाजले खवरदारी गर्नुपर्ने बताए ।
उद्घाटन कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापती गोबिन्द खनालले शान्ति समाजले मानब अधिकारको संरक्षणको क्षेत्रमा मात्र होइन सामाजिक अभियानमा समेत क्रियाशिल रुपमा लागी परेर सरकारलाई झकझकाउने कार्य गरेको बताए । उनले शान्ति समाजले बिगतमा गणतान्त्रिक संबिधान निर्माणका लागी ठूलो र महत्वपूर्ण योगदान गरेको बताउदै अहिले गणतन्त्र संबिधान लोकतान्त्रिक ब्यबस्था बिरुद्ध केहि तत्व लागेकोले लोकतन्त्रलाई कमजोर बनाउन खोजिए शान्ति समाज मौन नरहने र संबिधानको संरक्षणका लागी प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा केन्द्रिय सचिब मीना ढकालले राष्ट्रिय,अन्तराष्ट्रिय महत्वका बिषय देखि लिएर समतामुलक समाजको निमार्ण मानब अधिकारको संरक्षण र संबिधान निर्माणको क्षेत्रमा अतुलनीय योगदान गरेको बताउदै केन्द्रिय नेतृत्वमा ईमान्दारीता, त्याग,समर्पण भएका कारण आज यो अवस्थामा आएको बताईन ।
केन्द्रिय उपाध्यक्ष कृष्णबहादुर रावलले मानब अधिकार,बिधीको शासन जस्ता क्षेत्रमा स्थापना काल देखिनै निरन्तर रुपमा काम गरेकोले आज शान्ति समाज देशब्यापी भएको बताए ।
न्यायधिबक्ता रबि न्यौपानेले नागरिकको अधिकार सुनिश्चित हुनु नै मानअधिकार हो । मानब अधिकार र न्याय एक अर्काका परिपूरक हुन । मानव अधिकार र न्यायको क्षेत्रमा शान्ति समाजको न्याय पालिकाको बिषयबस्तु मेलखाने बताए ।
नेपाल पत्रकार महासंघका कोषाध्यक्ष मुक्ति न्यौपानेले शान्ति समाज र पत्रकारीताको एजेण्डा समान हुने बताए । प्रेस युनियनका सचिब रामचन्द्र रायमाझीले शान्ति समाजले उठान गरेका बिषयबस्तु र पत्रकारको बिषय समान भएकाले शान्ति समाजसंग हातेमालो गरेर अगाडी बढ्ने प्रतिबद्धता गरे ।
कार्यक्रममा संस्थापक जिल्ला सभापती शिब प्रसाद देवकोटा, नागरिक समाजका अगुवा मीन बहादुर केसी,नेपाल नागरिक समाजका चित्रबलिराम सुवाल लगायतका बक्ताहरुले अधिबेसन सफलताको शुभकामना ब्यक्त गरको थिए भने सचिब शन्तबीर बरालले संगठनीक प्रतिबेदन प्रस्तुत गरेका थिए । अधिबेशनले आगामी दुई बर्षको कार्यकालका लागी नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस