पाल्पामा डेंगु संक्रमितकाे पुरूषकाे मृत्यु

पाल्पामा डेंगु संक्रमितकाे पुरूषकाे मृत्यु

पाल्पामा डेंगु संक्रमित एक जना पुरूषको मृत्यु भएको छ। तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचाररत रिब्दीकोट गाउँपालिका वडा नं. १ का ५८ वर्षीय व्यक्तिकाे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि गत भाद्र २७ गतेदेखि उपचाररत थिए। उपचारकै क्रममा उनको शनिबार मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। पाल्पामा सङक्रमित समेत थपिने क्रम बढेको छ । गत दुई महिनाको अवधिमा १ सय ४४ जनामा डेंगुको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले बताए ।

गत आर्थिक वर्षमा जम्मा २७ जनामा संक्रमण पुष्टि भएकाे डेंगु यसवर्ष तिव्र रूपमा बढेकाे हाे ।

प्रतिक्रिया दिनुहोस