पाल्पामा गोठ भत्किदा पुरिएर तीन पशु मरे

पाल्पामा गोठ भत्किदा पुरिएर तीन पशु मरे

सुशीला रेग्मी

रामपुर (पाल्पा), २ असोज

पाल्पाको पूर्वखोला गाउँपालिका १ सिलुवा स्थित पिपलचौरमा गोठ भत्किदा पुरिएर तीन पशु मरेका छन् । लगातार परेको अबिरल वर्षाले स्थानीय श्यामप्रसाद श्रेष्ठको कच्ची धनसारे गोठमा बाँधिएका एक लैनो भैसी सहित एक÷एक वटा पाडापाडी मरेको छ ।

आइतवार विहान करिव ७ वजेको समयमा एक्कासी धनसार घरको कच्ची गारो भत्किदा पुरिएर पशु मरेको वडा पशु स्वास्थ्य प्राबिधिक हरिप्रसाद सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार गोठ भत्किदा करिव रु एक लाख ५० हजार भन्दा बढीको क्षति पुगेको छ । पशु क्षतिपूर्तिका सम्बन्धमा वडा कार्यालयमा जानकारी गराइएको उहाँले बताउनुभयो ।

गोठ भत्किएर पूर्ण रुपमा क्षति भएको छ । गोठमाथि मानिस सुत्ने गरेको भएपनि विहान उज्यालो भएपछि सबेरै उठेकाले मानवीय क्षति भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस