दुर्घटनामा दुई गम्भीर घाइते

दुर्घटनामा दुई गम्भीर घाइते

सुशीला रेग्मी

रामपुर (पाल्पा), भदौ २९

रामपुर नगरपालिका ८ गैरीखेत स्थित कालीगण्डकी करिडोर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुदा तीन जना घाईते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर छ । मंगलवार साँझ पौने सात वजेको समयमा विजयपुरबाट भुजाततर्फ जादै गरेको लु २९ प ३८२७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको लु २१ प ५९२८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुबै मोटरसाइकलका चालक तथा पछाडी सवार गरी तीन जना घाइते भएका छन् ।

लु २९ प ३८२७ नम्बरको मोटरसाइकल चालक रामपुर ८ बस्ने ३४ वर्षीय यमबहादुर साठीघरेको खुट्टामा चोट लागेको र अवस्था सामान्य छ भने सोही मोटरसाइकलमा पछाडी सवार रामपुर १० होस्दी बस्ने २९ वर्षीय जयबहादुर परियारको खुट्टामा चोट लागेको र अवस्था गम्भीर रहेको छ । लु २१ प ५९२८ नम्बरको मोटरसाइकलका चालक रामपुर ५ बस्ने २१ वर्षीय विष्णु माझीको अनुहारमा चोट लागेको छ । माझीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस