पाल्पाकाे पहिलाे सामुदायिक क्याम्पस तानसेन बहुमुखी ३३ औं वर्षमा

पाल्पाकाे पहिलाे सामुदायिक क्याम्पस तानसेन बहुमुखी ३३ औं वर्षमा

पाल्पा जिल्लाकै पहिलाे सामुदायिक क्याम्पस, तानसेन बहुमुखी क्याम्पसले ३३ औं वार्षिक उत्सव मनाएकाे छ । लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले ३३ औं वार्षिक उत्सवकाे अवसरमा बाेल्दै विद्यार्थीलाइ सीप र संस्कार सहितको प्राविधिक शिक्षा आवश्यक रहेको बताएका छन् ।

मन्त्री रानाले भने, शिक्षालाई परिमार्जन गर्दै अगाडि बढ्नुपर्ने समय हाे, सीप र संस्कारयुक्त शिक्षाले मात्र विश्व बजारसँग प्रतिस्पर्धा गर्न सकिन्छ, हरेक क्षेत्रमा संस्कार र नैतिकता विद्यार्थीहरुमा हुनुपर्छ । उनले विद्यालय तथा क्याम्पसहरुमा विद्यार्थीको संख्या खट्दै गएको प्रति लक्षित गर्दै संख्यात्मक भन्दा पनि गुणात्मक पक्षमा ध्यान दिन अावश्यक रहेकाे बताए । कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पाल्पाको शैक्षिक विकासका लागि राजनीतिक दल र सबै सरोकारवाहरु बिच बहस र छलफल आवश्यक रहेको बताए । नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले शैक्षिक गुणस्तरमा सुधार ल्याउन शिक्षा नीतिमा सुधार ल्याउनुपर्नेमा जोड दिए । उनले जिल्लाको शैक्षिक विकासमा जिल्लाका राजनीतिक दलहरु चिन्तित रहेको बताए ।

३३ औं वार्षिक उत्सव कार्यक्रममा कार्यक्रममा उत्कृष्ट प्राध्यापकका रुपमा निवर्तमान क्याम्पस प्रमुख राधेश्याम ज्ञवाली र विभिन्न विधामा विजयी प्रतियोगीहरुलाई पुरस्कार वितरण गरिएको थियो । नेकपा एकिकृत समाजवादीका जिल्ला सचिव मोहन गैरै, माओवादी केन्द्रका नेता मथुरा ढकाल, राष्ट्रिय जनमोर्चाकी नेतृ उमा सिंजाली, वडा अध्यक्ष प्रदीप खनाल, शिक्षा विकास तथा समन्वय ईकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदी, नेपाल रेडक्रस पाल्पाका सभापति बुद्धिप्रसाद शर्मा, पूर्व क्याम्पस प्रमुखहरु रामेश्वर बोजियम, राधेश्याम ज्ञवाली, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा, न्यू होराइजन माविका प्रिन्सिपल डाँसुराम पन्त, अभिभावक तथा अक्षयकोष दाता नविन थापा, श्रीनगर यातायात प्रालिका कार्यालय प्रमुख भविन्द्र गौतम, विद्यार्थी मनिष मल्ल ठकुरी लगायतले लगाएतले शुभकामना व्यक्त गरेका थिए ।

तानसेन बहुमुखीका क्याम्पस प्रमुख पुष्करराज रेग्मीले क्याम्पसलाई सामुदायिक शैक्षिक अनुसन्धान केन्द्रको रुपमा विकसित गर्ने बताए । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजनप्रसाद पन्तको अध्यक्षता, सहायक क्याम्पस प्रमुख अरुण ज्ञवालीको स्वागत र उपप्राध्यापक श्रीधर कुमार उपाध्यायको सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस