पत्रकारहरुको क्षमता बिकासमा नयाँ नेतृत्वले काम गर्छ : सभापती लम्साल

पत्रकारहरुको क्षमता बिकासमा नयाँ नेतृत्वले काम गर्छ : सभापती लम्साल

पाल्पा भदौ २८

नेपाल प्रेस युनियनका नव निर्वाचित सभापती शिव लम्सालले पत्रकारहरुको गुणात्मक रुपमा क्षमता बिकासका लागि प्रेस युनियनले काम गर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन पाल्पाले आज तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा सभापति लम्साले प्रेस युनियनलाई सक्रिय बनाउन पत्रकारहरुलाई जिल्ला जिल्लामा पत्रकारीता तालिम सन्चालन गर्ने बताउनुभएको हो ।

पत्रकारहरुको क्षमता अभिबृदीका लागि पाल्पाले तीन वटा तालिम सन्चालन गर्ने बताउनुभयो । उहाँले आगमी निर्वाचनमा प्रजातान्त्रिकबादीलाई जिताउन प्रेस युनियनका साथीहरूले ठूलो भुमिका खेल्ने बताउनुभयो । सभापति लम्सालले नयाँ नेतृत्व आएपछि संगठनमा केही सुधार आएको बताउनुभयो । उहाँ पत्रकारहरुले न्युनतम पारिश्रमिक ३५ हजार भन्दा तल काम गर्न सक्ने अवस्था नभएको बताउनुभयो ।

यो बर्ष संघिय तथा प्रदेश सरकारमा पत्रकारलाई नियन्त्रण गर्ने कानुन बन्ने बर्ष भएकाले पत्रकारहरु यो बर्ष बढी सचेत हुन जरुरी रहेको धारणा राख्नुभयो । व्यावसायिक पत्रकारीता उत्पादन गर्ने पाल्पा आफ्नो भुमी भएको बताउदै सभापती लम्सालले ,आफुले पाल्पाकै समाचार देखेर स्याङ्जामा पत्रकारीता सिकेको स्मरण गर्नुभयो । फरक प्रशगमा प्रेस युनियनमा गुठ उपगुठ नहुने र भएको पाइएमा केन्द्रीय समितिले अवाश्यक कारबाहीमा गर्ने समेत बताउनुभयो । कार्यक्रम प्रेस युनियनका जिल्ला सभापति भरत शर्माको सभापतित्व स्वागत उपसभापति मन गहिरेको स्वागत र सचिब रामचन्द्र रायमाझीको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस