पाल्पामा ११ डेंगु सङक्रमित थपिए, पहाडमा पनि जाेखिम बढ्दाे

पाल्पामा ११ डेंगु सङक्रमित थपिए, पहाडमा पनि जाेखिम बढ्दाे

पछिल्लाे समय नेपालका तराइका जिल्लामा मात्र नभएर पहाडी जिल्लाहरूमा समेत डेङगु सङक्रमितहरू बढेका छ् । पाल्पामा थप ११ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पछिल्लो एक सातामा थप ११ जनाका डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ ।

पाल्पामा कुल ७८ जना डेंगुका संक्रमित पुगेका छन् । यो वर्ष सुरु भएदेखि ७८ जनामा संक्रमण देखिए पनि सबैभन्दा धेरै साउन र भाद्र महिनामा संक्रमित थपिएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसिएन मधुसुधन भट्टराईले बताए ।

भट्टराईका अनुसार साउन र भाद्र महिनामा मात्रै ५८ जनामा संक्रमण देखिएको छ। जलवायु परिवर्तनका कारण तराईबाट पहाडतर्फ डेंगुको संक्रमण बढेको स्वास्यथ्कर्मीहरुको भनाई छ ।

पाल्पामा आर्थिक वर्ष ७७।७८ मा शुन्य अवस्थामा रहेको डेंगुको संक्रमण गत आर्थिक वर्षमा जिल्लाभरमा जम्मा २७ जनामा मात्र देखिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस