रामपुरमा बृहत् लाखेनाच प्रदर्शन

रामपुरमा बृहत् लाखेनाच प्रदर्शन

सुशीला रेग्मी
रामपुर (पाल्पा), भदौ २६
नेवा समाज रामपुर पाल्पाको आयोजनामा १२ औ बृहत् लाखेनाच प्रदर्शन गरिएको छ । पाल्पा, स्याङ्जा र तनहुका विभिन्न स्थानका गरी २३ समुहले प्रदर्शनीमा भाग लिएका थिए । नेवार समुदायले आफ्नो परम्परा देखि नै चल्दै आएका मौलिक संस्कृती संरक्षण गर्न लाखेनाथ प्रदर्शन गरेको समाजका अध्यक्ष बाबुराम श्रेष्ठले बताउनुभयो ।
अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य युवराज खनालले गर्नुहुदै लाखेनाच नेवार समुदायको पहिचानको रुपमा रहेको महत्वपूर्ण संस्कृती बताउनुभएको छ । प्रदेश सभा सदस्य खनालले नेवा समाज रामपुरले कला संस्कृतीको जगेर्ना गर्न बिगतका वर्षदेखि नै यस्ता कार्यक्रम गर्दै आएको र कला संस्कृतीको संरक्षणका लागि सबै सरकारको दायित्व हुनुपर्ने, यसका लागि ठोस कार्यक्रम सरकारले ल्याएर सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
रामपुर बेझाड बजारमा प्रदर्शन गरिएको लाखेनाच हेर्नेको दर्शकको ठुलो सहभागिता रहेकोे थियो । विभिन्न समुहले भेषभुषामा सजिएर लाखेनाथ प्रदर्शन गरेपछि बेझाड बजार रामपुर नगरपालिकाको प्राङ्गण दर्शकले भरिभराउ बनेको थियो । सहभागीलाई नगद सहित प्रमाण पत्र प्रदान गरिएको छ । समाजका ज्येष्ठ सदस्य ८३ वर्षिय टेकबहादुर श्रेष्ठ र ८१ वर्षिय टुकामाया श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको छ ।
कार्यक्रममा नेवा समाज रामपुरका संस्थापक अध्यक्ष राजुप्रसाद श्रेष्ठले संस्कृतीको जगेर्ना गर्दै हरेक वर्ष रामपुरमा गाईजात्रा, रोपाईजात्रा, लाखेनाच लगायतका कार्यक्रम देखाउदै आएको बताउनुभयो । समाजसेवी सन्दिप रानाले समुदायको पहिचानका रुपमा रहेको लाखेनाच जस्ता विभित्र संस्कृतीलाई निरन्तरता दिन नेवा समाज रामपुरले वर्षेनी राम्रो कार्य गरेकोमा धन्यवाद दिदै सबै समुदायले आफ्नो कला, संस्कृती संरक्षण गर्नुपर्ने बताउनुभएको छ । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले विभिन्न स्थानका समुहलाई एकीकृत गर्दै आफ्नो कला देखाउने अवसर नेवा समाजले दिएको बताउनुभयो । समाजका सदस्य रुद्रनारायण श्रेष्ठले धन्यवाद दिनुभएको कार्यक्रमको संचालन सचिव बिमल श्रेष्ठले र स्वागत उपाध्यक्ष राजकुमार श्रेष्ठले स्वागत गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस