रामपुरमा साक्षरता दिवस मनाइयो

रामपुरमा साक्षरता दिवस मनाइयो

सुशीला रेग्मी
रामपुर (पाल्पा), भदौ २६

५६ औ अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस कार्यक्रम पाल्पाको रामपुरमा मनाइएको छ । रामपुर नगरपालिकाको आयोजना तथा रामतुलसी माविको समन्वयमा कार्यक्रम भएको हो । रामपुर नगरपालिका सामाजिक विकास शाखा संयोजक सिमादेवी रानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापा रहनुभएको हो । नगर उपप्रमुख थापाले विद्यार्थीको अन्तरनिहित क्षमता विकासका लागि विद्यालयस्तरिय विभिन्न प्रतियोगितात्मक कार्यक्रमले ठुलो सहयोग गर्ने र यस्ता शिक्षामुलक कार्यक्रममा नगरपालिकाले सधै सहयोग गर्ने बताउनुभएको छ ।
कार्यक्रम संयोजक तथा रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्सालले कार्यक्रम संचालन गर्नुभएको कार्यक्रममा स्वागत रामपुर नगरपालिका शिक्षा समिति सदस्य सावित्रा गौतमले स्वागत गर्नुभएको हो । कार्यक्रममा निमिक्त प्रमुख प्रशासकीय अधिकृत रामहरी पाण्डेय, वडाध्यक्षको तर्फबाट रामपुर ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, जनविकास माविका प्रधानाध्यापक पशुपती खनाल, संस्थागत विद्यालयको तर्फबाट रजघरा ईङ्लिस बोर्डिङ्ग स्कुलका प्रिन्सिपल गंगा श्रेष्ठ, नेपाल राष्ट्रिय शिक्षक संघका केन्द्रिय सदस्य दोवराज पाण्डेय, नेपाल शिक्षक महासंघ पाल्पाका उपाध्यक्ष टंकनाथ पोखरेल, सिताराम माविका प्रधानाध्यापक हरिप्रसाद अधिकारी लगायतले बोल्दै कार्यक्रम सफलताको शुभकामना दिनुभएको छ । सोही अवसरमा उत्कृष्ट विद्यालय कर्मचारीका रुपमा काम गर्नुभएका कर्मचारीलाई योगदानको कदर गर्दै दोसल्ला ओढाएर नगद सहित सम्मान पत्रले सम्मान गरिएको छ ।
सम्मानित हुनुहुनेमा जनशान्ति माविका बालविकास सहजकर्ता देविमाया हिताङ, सरस्वती माविका बालविकास सहजकर्ता सुरज थापा, रामपुर आधारभुत माविका बाल सहजकर्ता रिता भट्टराई र आधारभुत माविका कार्यालय सहयोगी लक्ष्मी श्रेष्ठलाई सम्मान गरिएको हो । माविस्तरिय हाजिरिजवाफ, आधारभुत र प्रावि तह स्तरिय श्रुती लेखन प्रतियोगिता आयोजना गरिएको छ । हाजिरीजवाफमा प्रथम आनन्द निकेतन विद्याश्रम, द्धितीय गंगा मावि र तृतीय जनविकास मावि भएको छ । आधारभुत तह अंग्रेजी माध्यममा श्रुती लेखनतर्फ प्रथम गंगा माविका आकाश देवकोटा, द्वितीय भुपु सैनिक स्कुलका प्रसन केसी, तृतीय दरैठाँटी माविका निकिता थापा हुनुभएको छ भने प्रावि स्तरिय नेपाली माध्यमतर्फ प्रथम गंगा माविका रोजिना पंगेनी, द्वितीय रजघरा बोर्डिङ्गका कृष्टिना कंडेल र तृतीय भुपु सैनिकस बोर्डिङ स्कुल श्रृष्टि राना हुनुभएको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेलाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस