भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको बार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक

भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको बार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक


बिष्णु खनाल
पाल्पा,भदौं २४
भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले बार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
शुक्रवार एक कार्यक्रमका बीच तानसेनमा केन्द्रले आफ्नो आगामी एक बर्षको लागि बजेट तथा कार्यक्रम सार्बजनिक गरेको हो । केन्द्रका वरिष्ठ पशु बिकास अधिकृत चन्द्र बहादुर रानाले आर्थिक बर्ष ०७९÷०८० का लागि पुजिँगत तर्फ ३० लाख ५० हजार र चालू तर्फ ६ करोड ७६ लाख ३ हजार गरि जम्मा ७ करोड ६ लाख ५३ हजारको कुल बजेट प्रस्तुत गर्नुभयो ।
बरिष्ठ अधिकृत रानाले स्मार्ट कृषि गाउँ कार्यक्रम,गाई भैंसी बाख्रा माछा बङ्गुर कुखुरा पालन कार्यक्रम ,तानसेन ७ मा गौशाला निर्माण,बगनासकाली ८ मा गाई भैंसी प्रबर्द्धन कार्यक्रम मस्य पोखरी निर्माण,डोर टु डोर पशु बाझोपन सेवा, दूध फुल माछा मासु खाऔं स्वस्थ रहौं जस्ता कार्यक्रम गर्ने बताउनुभयो ।
कार्यक्रममा जनप्रतिनिधि तथा पत्रकारहरुले आ आफ्नो धारणा राखेका थिए । जिल्ला समन्वय समिती प्रमुख टंकनाथ खनालले कार्यालयले किसानको आवश्यकता र मागको आधारमा बजेट ल्याउनु पर्ने सुझाव दिनुभयो ।
पत्रकारहरुले जिल्लामा संचालित मासु तथा डेरि पसलहरु नियम अनुगमन हुनुपर्ने धारणा राखेका थिए । कार्यालयबाट दिइने अनुदान सहि रुपमा प्रयोग हुन नसकेको बताएका थिए ।
कार्यक्रममा विभिन्न स्थानीय तहाका प्रमुख,उपप्रमुख,प्रमुख प्रशासकीय अधिकृत तथा पत्रकारहरुको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस