रामपुर अस्पतालमा वृक्षारोपण

रामपुर अस्पतालमा वृक्षारोपण

सुशीला रेग्मी
रामपुर (पाल्पा), २२ भदौ
१९ औँ निजामती सेवा दिवसको अवसरमा पाल्पाको रामपुर अस्पतालमा वृक्षारोपण गरिएको छ । निर्माणाधिन अस्पताल भवन परिसरमा एक सय भन्दा बढी विभिन्न जातका विरुवा रोपिएको छ ।
बुधबार अस्पताल विकास समिति, अस्पतालका कर्मचारी लगायतको सहभागीतामा धुपी , पारिजात, बकाईनो लगायतका विभिन्न जातका विरुवा लगाइएको छ । अस्पताल विकास समितिका अध्यक्ष रमेश ढकालको नेतृत्वमा विरुवा रोपण गरिएको हो । अस्पतालको परिसर हराभरा बनाउन विरुवा रोपण गरेर दिवस मनाइएको अध्यक्ष ढकालले बताउनुभयो ।
सोही अवसरमा अस्पतालमा सेवा लिन पुगेका ज्येष्ठ बिरामीलाई खाँदा ओढाएर स्वागत तथा सम्मान गरिएको छ । अस्पतालका अध्यक्ष ढकाल र इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवानभक्त अर्यालले खादा ओढाएर स्वागत तथा सम्मान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस