एमाले पाल्पा १ मा आकांक्षी बढी, प्रतिनिधिसभा २ मा ठाकुर गैरेकाे एकल सिफारिस

एमाले पाल्पा १ मा आकांक्षी बढी, प्रतिनिधिसभा २ मा ठाकुर गैरेकाे एकल सिफारिस

पाल्पा, भदौ १९

पाल्पा क्षेत्र नम्बर १ मा नेकपा एमालेमा उम्मेद्वारका आकांक्षी बढी देखिएका छन । पाल्पा १ का लागी नारायण प्रसाद आचार्य, युवराज खनाल, शिब अर्याल, निल सारु, झपेन्द्र जिसी, कृष्ण श्रेष्ठ, सरस्वती भट्टराई र बिष्णु जिसीको नाम सिफारीस भएको एमालेका प्रदेश सांसद नारायण प्रसाद आचार्यले बताउनुभयाे । नेकपा एमाले पाल्पाले पाल्पा क्षेत्र नम्बर- २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि ठाकुर गैरेलाई उमेदवारको रूपमा सिफारिस गरेको छ।

यता पाल्पा २ मा प्रतिनिधी सभा तर्फ उम्मेद्धारका गैरेको एकल दाबी परेको हो । नेता गैरे हाल नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज हुन्। गत प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रमा एमालेका उम्मेदवार सोमप्रसाद पाण्डेले जितेका थिए। पाण्डे अहिले नेकपा एकीकृत समाजवादीमा छन्।

आइतबार बसेको एमाले क्षेत्रीय कमिटीको बैठकले एकल उमेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको क्षेत्रीय कमिटीका अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए। उनका अनुसार यो निर्णय जिल्ला कमिटीको बैठकमा पेश हुनेछ। उनले विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका थिए। उनले अनेरास्ववियुकाे केन्द्रीय अध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन्।

प्रदेश सभातर्फ

पाल्पा क्षेत्र नं. १ क प्रदेशसभामा राजु प्रसाद श्रेष्ठ, राजेन्द्र लम्साल, देविलाल लामिछाने र कृष्ण बहादुर सारू तथा महिलातर्फ सञ्जु परियार र इश्वरी खनाल सिफारिस भएका छन् ।

पाल्पा क्षेत्र नं. १ ख प्रदेशसभामा कृष्ण प्रसाद रेग्मी, खेम बहादुर सारू, विनाेद कुमार श्रेष्ठ, अर्जुन रेग्मी, तुल्सीराम भुषाल, विमल काफ्ले, विजय रानाभाट, इश्वरी न्याैपाने र एक प्रसाद भण्डारी तथा महिलातर्फ उर्मीला अर्याल र कल्पना केसी सिफारिस भएका छन् ।

क्षेत्र न २ (क) बाट फर्सुराम भट्टराई, त्रिरत्नलाल शाक्य, रामलाल श्रेष्ठ, विष्णु आचार्य, कृष्णराज अधिकारी, सुनिता शर्मा, पदमबहादुर कार्की र श्रीकृष्ण पाण्डेयको नाम सिफारिस भएको छ ।

यसैगरी क्षेत्र २ (ख) बाट रामजी भट्टराई, रामजी पोखरेल, ओमबहादुर घर्ती, कृष्णबहादुर जीसीको नाम सिफारिस भएको छ ।

प्रतिक्रिया दिनुहोस