कांग्रेस पाल्पाका यी हुन् सिफारिस भएका सम्भावित उम्मेदवार (यस्तो छ अंकगणित !)

कांग्रेस पाल्पाका यी हुन् सिफारिस भएका सम्भावित उम्मेदवार (यस्तो छ अंकगणित !)

मंसिर ४ को निर्वाचनकाे सरगर्मी बढ्दै, कांग्रेस पाल्पाकाे क्षेत्रगत सिफारिस सकियाे

नेपाली कांग्रेस पाल्पाले प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरुको सूची जिल्ला कार्यसमितिलाई सिफारिस गरेको छ । दुई प्रतिनिधी सभा क्षेत्र र चार प्रदेश सभा क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिका उम्मेदवार आकंक्षीहरुको नाम क्षेत्रबाट प्रदेश सभा हुँदै केन्द्रका लागि सिफारिस गरिएको हो ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन मङ्सिर ४ गते हुने निधो भएसँगै दलहरु उम्मेदवार चयन तथा जित–हारको सम्भावित लेखाजोखामा व्यस्त हुन थालेका छन् । यसै क्रममा पाल्पा जिल्लामा पनि सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेले चुनावी जोड–घटाउ गर्न थालेका छन् ।
प्रतिनिधी सभा
पाल्पा क्षेत्र नं. १
को प्रतिनिधी सभामा ज्ञान बहादुर गाहा, दान बहादुर पछाई, कल्प पौडेल र सन्दीप रानाको नाम नेपाली कांग्रेस क्षेत्र १ बाट प्रत्यक्षमा सिफारिस भएको छ । यहाँ समानुपातिक तर्फ सन्दीप राना, बिष्णुमाया ढकाल, विजय घिमिरेको नाम सिफारिस भएको हो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा क्षेत्र नंं २ मा वीर बहादुर राना, हरि प्रसाद नेपाल र डा. चिरञ्जिवी नेपाललाई सिफारिस गरेको छ । क्षेत्र नंं २ मा समानुपातिकतर्फ राजन प्रसाद पन्त, विधान श्रेष्ठ, लाल कुमारी राना, महेश्वरी कुवँर, शोभा शाक्य, सिता नेपाल र जमिला मिया रहेका छन् ।

प्रदेश सभा

यसैगरी प्रदेश सभा तर्फ पाल्पा क्षेत्र नंं १ क प्रत्यक्षमा श्यामकान्त खनाल र समानुपातिक तर्फ अर्जुन विक, देवराज ढकाल, हजिल दिन मियाँ, बोम ब थाप र बिष्णु देवि घिमिरे आचार्यलाई सिफारिस गरेको छ । क्षेत्र नं.१ (ख) बाट प्रत्यक्षतर्फ ऋषिराम अर्याल र शंकर खनाललाई सिफारिस गरेको छ भने समानुपातिक तर्फ तारा रसाईली, युवराज पौडेल र भरत सराइली लाई सिफारिस गरेको नेपाली काँग्रेसका सचिव सन्तोष कुमार थापाले बताए ।
पाल्पा क्षेत्र नंं २ क प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फ कृष्ण प्रसाद बस्याल, विधान प्रसाद श्रेष्ठ, माधव प्रसाद नेपाल, शान्ता बोहोरा र कृष्ण बहादुर आले सिफारिसमा परेका छन् । क्षेत्र नंं २ ख बाट प्रत्यक्ष तर्फ राम बहादुर कार्की (पूर्व डिआइजी), राम बहादुर कार्की (पूर्व पालिका अध्यक्ष) र महेन्द्र प्रसाद पाण्डेलाई सिफारिस गरेको छ ।

यसैगरी प्रदेश सभा समानुपातिक तर्फ क्षेत्र नंं २ क बाट १४ जना उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । जसमा अजयमान कर्माचार्य, कृष्ण बहादुर राना, गंगा पौडेल कोईराला, झपेन्द्र गैरे, धनकला गाहा, बसन्ती घिमिरे, विष्णु बहादुर गाहा, मिना पंन्थी, यमलाल तिमिल्सिना, रमा पन्त, राजेन्द्र गोपाल सिंह, राधेश्याम ज्ञवाली, शान्ती झेडी थापा र सुनिल बुढाथोकीलाई सिफारिस भएका छन् । यसैगरी क्षेत्र नंं २ ख प्रदेश सभा समानुपातिक तर्फ नल बहादुर राना, दान बहादुर गाहा, तेज कुमारी थापा, विनु दमाई गौतम, शुरेस पौडेल, माधव वहादुर थापा र खड्ग बहादुर थापा लाई सिफारिस गरेको छ ।

नेपाली काँग्रेसले प्रतिनिधीसभा र प्रदेश सभाको लागी उम्मेदवारहरुको नामावली सिफारिस गरेपनि ५ दलिय गठबन्धनमा कुन क्षेत्र कुन पार्टीलाई भन्ने अझै टुङ्गो लागेको छैन । पाल्पामा ५ दलिय गठवन्धन भएपनि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले सिटबाडफाड गर्ने देखिएको छ । नेकपा समाजवादीले प्रतिनिधीसभाको पाल्पा क्षेत्र नंं २ मा दावी गरेको छ भने नेकपा माओवादी केन्द्र लाई पुरानै क्षेत्र नंं २ ख प्रदेश सभा सदस्य दावी गर्दै आएको छ । प्रदेश सभाबाट सिफरिस भएका उम्मेदवारको नामावली क्षेत्रिय समिती पठाउने, क्षेत्रले जिल्लामा, जिल्लाले प्रदेशमा र प्रदेशले केन्द्रमा पठाउने र केन्द्रले उम्मेदवारहरुको अन्तिम नामावलीको टुङ्गो लगाउने सचिव सन्तोष कुमार थापाले बताए ।

प्रतिनिधिसभातर्फ २ वटा निर्वाचन क्षेत्र रहेको पाल्पामा २०७४ मा भएको निर्वाचनमा दुवै क्षेत्र एमालेले जितेको थियो । क्षेत्र नम्बर १ बाट एमालेका दल बहादुर राना र क्षेत्र नम्बर २ बाट एमालेकै सोमप्रसाद पाण्डेय प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
अहिले परिस्थिति बदलिएको छ । त्यतिबेला एमाले र माओवादी केन्द्रबीचको गठबन्धनमा एमालेले दुवै सिटमा जित हासिल गरेको थियो । तर अहिले एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीमात्र होइन, माओवादी, नेपाली काँग्रेससहितको गठबन्धन एमालेका लागि ठुलो चुनौती बन्ने देखिएको छ ।
पाल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित सोमप्रसाद पाण्डेय अहिले नेकपा एकीकृत समाजवादीमा छन् । उनी सोही पार्टीबाट गठबन्धनका उम्मेदवारका रुपमा प्रतिनिधिसभा निर्वाचनमा उत्रने तयारी गरिरहेका छन् । एकातिर पार्टी विभाजन भएको अवस्था र अर्कोतिर पाँच दलीय गठबन्धन एकजुट भएको परिस्थिति नेकपा एमालेका लागि प्रतिकुल हुने देखिन्छ ।

यस्तो छ अंकगणित
२०७४ सालको निर्वाचनमा पाल्पा क्षेत्र नं १ मा ३२ हजार ५४९ मत ल्याएर दलबहादुर राना विजयी भएका थिए । भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार विजय घिमिरेले २३ हजार ९९३ मत प्राप्त गरेका थिए ।
२०७४ मा पाल्पाको क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार सोमप्रसाद पाण्डेले ३४ हजार ८९९ मत ल्याउँदै काँग्रेसका उम्मेदवार हरिप्रसाद नेपाललाई पराजित गरेका थिए । नेपालले २४ हजार ५५४ मत प्राप्त गरेका थिए ।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पाल्पा १ मा एमालेका वडा अध्यक्षका उम्मेदवारहरूले ३४ हजार ७७१ मत पाएका छन् भने नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवारहरूले २७ हजार १५० मत पाएका छन् । यस्तै, माओवादीका वडा अध्यक्षका उम्मेदवारले एक हजार १६४ मत पाएका छन् ।
पाल्पा २ मा एमालेका वडा अध्यक्षका उम्मेदवारहरूले ३० हजार ५३६ मत पाएका छन् भने नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवारहरूले २९ हजार ०३९ मत पाएका छन् । यहाँ माओवादीका वडा अध्यक्षका उम्मेदवारहरूले ४ हजार ३१३ मत र नेकपा एकीकृत समाजवादीका वडा अध्यक्षका उम्मेदवारहरूले ४३३ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस