लुम्बिनी मेडिकल कलेजमा आमा तथा शिशु सुरक्षा कार्यक्रम निशुल्क

लुम्बिनी मेडिकल कलेजमा आमा तथा शिशु सुरक्षा कार्यक्रम निशुल्क

तानसेन नगरपालिका र लुम्बिनी मेडिकल कलेज बीच आमा तथा शिशु सुरक्षा कार्यक्रम’ सम्झाैता भएकाे छ । यससँगै पाल्पासँगै जुनसुकै जिल्लाका गर्भवती महिलालाई सुत्केरी सेवा निशुल्क प्रदान गरिनेछ ।

गत दुइ वर्षदेखी राेकिएकाे कार्यक्रम चालु आव २०७९÷०८० मा सरकारले नै आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका अनुसार कार्यक्रम सञ्चालन गर्न बुधबार सम्झौँता भएको हो । सम्झौँतापछि बुधबारदेखि नै लुम्विनी मेडिकल कलेज प्रभासमा गर्भवती महिलालाई सुत्केरी सेवा निशुल्क सुरू भएकाे हाे ।

कार्यक्रम सञ्चालन भएपछि गर्भवती महिलाले सुत्केरी हुँदा अस्पतालमा सबै खालको सेवा निशुल्क पाउने तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । यस्तै अस्पतालमा सुत्केरी हुन आएको यातायात खर्च, गर्भवती जाँचको खर्च समेत सुत्केरीले पाउने उहाँले बताउनुभयो । विगत दुई वर्षदेखि यहाँका ठूला अस्पतालमा आमा सुरक्षा कार्यक्रम सञ्चालन नहुँदा आव २०७७÷०७८ मा दुई करोड र आव २०७८÷०७९ मा दुई करोड २० लाख रुपियाँ खर्च नभइ फिर्ता भएको स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले बताउनुभयो ।

दुइ संस्थाबीच भएकाे सम्झाैँतामा तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली र लुम्वनी मेडिकल कलेजका कार्यकारी अध्यक्ष गाेपाल पाेखरेलले हस्ताक्षर गरेसँगै सेवा नियमित भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस