नेपाललाई शृङ्खला जित्ने मौका,चौथो खेल आज

नेपाललाई शृङ्खला जित्ने मौका,चौथो खेल आज

पाल्पा,भदौं १३

नेपाल र केन्याबीचको पाँच खेलको ट्वान्टी–२० शृङ्खला अन्तर्गत चौथो खेल आज खेलिदैछ । केन्याको राजधानी नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा खेल अपराह्न ३ः४५ बजे सुरु हुनेछ । 

आजको खेल जिने नेपाललाई एक खेल अगावै शृङ्खला आफ्नो पक्षमा पार्ने अवसर रहेको छ । शृङ्खलामा नेपालले २–१ को अग्रता लिएको छ । पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपाल १८ रनले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा नेपालले केन्यालाई ४ विकेटले पराजित गरेको थियो । 

प्रतिक्रिया दिनुहोस