तानसेनका स्वास्थ्य संस्थाहरुको प्रगति समीक्षा

तानसेनका स्वास्थ्य संस्थाहरुको प्रगति समीक्षा

तानसेन नगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरुले गरेको कामको समीक्षा गरिएको छ । गत आर्थिक वर्ष २०७८।०७९ मा भएका कामहरुको समीक्षा गरिएको हो ।
स्वास्थ्य संस्थाहरुले खोप, आमा सुरक्षा, परिवार नियोजन, बालस्वास्थ्य तथा जनस्वास्थ्यका विविध पक्षहरुमा गरेका क्रियाकलापहरुको समीक्षा गरिएको तानसेन नगरपालिका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले बताउनुभयो । आईतबार तानसेनमा १० वटा स्वास्थ्यचौकीहरुसँगै लुम्बिनी मेडिकल कलेज, युनाईटेड मिशन अस्पताल, नेपाल परिवार नियोजन संघ, जिल्ला अस्पताल र वाटरएड संस्थाको प्रस्तुतीकरण गरिएको थियो ।
संघसंस्थाले गरेको प्रगति विवरणमाथी तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतिक्षा सिंजाली, स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपाने तथा तथ्यांक अधिकृत विपिन परियारले टिप्पणी गर्दै सुधार गर्नुपर्ने पक्षहरुका सम्बन्धमा स्वास्थ्यकर्मीहरुलाई निर्देशनात्मक सुझाव व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम तानसेन नगरपाकिला सामाजिक विकास समितिका संयोजक प्रदिप खनालको अध्यक्षतामा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस