बालकले गरे आफ्नै बुवाको हत्या

बालकले गरे आफ्नै बुवाको हत्या

पाल्पा,भदौं १२

माथागढी गाउँपालिका ४ का १४ बर्षिय बालकले आफ्नै बुवाको हत्या गरेका छन् । शनिबार राती करिब ८ बजेको समयमा घरमा सामान्य झगडा हुदा बालकले आफ्नै बुवा ४५ बर्षिय तिल बहादुर दिसालाई दाउराको चिर्पटले हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न बालकलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाका बिषयमा थप अनुसन्धान कार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस