बीमाका लागि आफ्नै टिपरमा आगो लगाउने ३ जना पक्राउ

बीमाका लागि आफ्नै टिपरमा आगो लगाउने ३ जना पक्राउ

बीमाका लागि आफ्नै टिपरमा आगो लगाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ प्रवक्ता राजनकुमार गौतमका अनुसार घोराही उपमहानरपालिका–१८ बस्ने ४३ वर्षीय टिप्परधनी धनेश्वर भण्डारी, राप्ती गाउँपालिका–८ पिपरिया बस्ने ३२ वर्षीय चालक अरुण चौधरी र दाङ गढवा गाउँपालिका–७ चन्दनपुर बस्ने १७ वर्षीय सहचालक आकाश चौधरी रहेका छन् । 

मंगलवार बिहान नेपाल बन्दको मौका छोपेर बीमाको लोभमा घोराहीको कुइरेपानी बबई खोलाको पुल नजिक लमही जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाएका थिए । प्रहरी चौकी गोल्ली सई बत्तीकुमार पोखरेल र जिल्ला प्रहरी कार्यालय दाङका इन्स्पेक्टर गजेन्द्रबहादुर शाहीसहित १० जनाको टोलीले अनुसन्धान गरेर उनीहरूलाई सार्वजनिक गरेको हो । 


प्रहरीले उनीहरूलाई सोधपुछका लागि बोलाउँदा बीमाका लागि आगो लगाएको खुलेको थियो । उनीहरूविरुद्ध आपराधिक लाभमा मुद्दा दर्ता गरेको प्रवक्ता गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस