जीविकाेपार्जन तथा विपद् जाेखिममा कारितासकाे सहयाेगकाे समीक्षा

जीविकाेपार्जन तथा विपद् जाेखिममा कारितासकाे सहयाेगकाे समीक्षा

पाल्पा, भदाै ५

जीविकाेपार्जन तथा विपद् जाेखिम न्यूनिकरणमा कारितास नेपाल पाल्पाले तानसेनमा सञ्चालन गरेका याेजना तथा कार्यक्रमकाे समीक्षा गरिएकाे छ । तानसेन नगर कार्यपालिकासँग परियोजना परिचयात्मक तथा समिक्षा गोष्ठी सम्पन्न गरेको भएकाे हाे ।

कारितासले तानसेन नगरपालिकाकाकाे वडा नं. १०, १२ र १३ नम्बर वडामा कार्यक्रम सञ्चालन गर्दै अाएकाे छ । तानसेन नगरपालिका प्रमुख सन्ताेषलाल श्रेष्ठले तानसेन नगरपालिकाकाे क्षेत्र विस्तार भएसँगै कृषिमा प्रशस्त सम्भावनाकाे उजागर भएकाे बताउनुभयाे । उहाँले कृषिलाइ प्राथमिकता राख्दै राेजगारी सिर्जना तथा बजार व्यवस्थापनमा लाग्न संस्थाले ध्यान दिनुपर्ने सुझाव राख्नुभयाे ।

तानसेन नगरपालिका उपप्रमुख प्रतिक्षा सिंजालीले कारितास नेपालले परियाेजना लक्षितमात्र भन्दा पनि अावश्यकता र अाैचित्यताका अाधारमा कार्यक्रमलाइ जनताबीचमा लैजानुपर्ने सुझाव व्यक्त गर्नुभयाे । तानसेन नगरपालिका वडा नं. १० का वडाध्यक्ष हिमलाल पंगेनीले अदूवाकाे राेगकीरा व्यवस्थापन तथा बीउ व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयाे । यस्तै वडा नं. ६ का वडाध्यक्ष सागरमान महर्जनले मूल्य श्रृङखलामा व्यक्तिलाइभन्दा संस्था, समूहलाइ प्राथमिकता दिनुपर्ने बताउनुभयाे । यस्तै वडा नंं. १२ का वडाध्यक्ष मेजरसिंह केसीले उमेर समूहकाे बन्देजका कारण वास्तविक कृषक समूहलाइ लाभ पुग्न असहज भएकाे बताउनुभयाे ।

तानसेन नगरकार्यपालिका सदस्य दिनेश गन्धर्व, संजय घले र मञ्जु विकले लक्षित वर्गमा परियाेजनाका सूचना पुग्न नसकेकाे भन्दै पहुँचका भरमा भन्दा पनि वास्तविक किसानलाइ लाभ पुग्ने गरि कार्यक्रम निर्माण तथा कार्यान्वयन गर्न सुझाव व्यक्त गर्नुभएकाे थियाे ।

कारितास नेपाल पाल्पाका कार्यक्रम संयोजक हरिस सिंह कुवँरले काेभिडबाट प्रभावित भइ राेजगारी गुमाएका अति विपन्न युवाहरूलाइ अायअार्जनका लागि अवसर पहिचान गरि सुरूवाती अनुदान तथा सामाग्री सहयाेग गरिँदै अाएकाे बताउनुभयाे । उहाँले तानसेनमा सञ्चालित परियोजनाका मुख्य रणनितिक तथा जीविकोपार्जन क्रियाकलापमा कृषकहरुलाई अदुवा र साना व्यवसायहरुलाई सहयोग, क्षमता अभिवृद्वि तालिम, युवाहरुलाई जीविकोपार्जन सम्बन्धी तालिम, प्राविधिक सहयोग तथा उत्पादित वस्तुको बजारीकरण र पृर्वाधारमा सहयोग गदै आएको बताउनुभयाे ।सिआरएस नेपालकाे आर्थिक तथा प्राविधिक सहयोगमा कारितासले पाल्पा जिल्लाकाे तानसेन नगरपालिका, रिब्दीकाेट र बगनासकाली गाउँपालिकामा कार्यक्रम गर्दै अाएकाे जनाएकाे छ ।

काेभिड् १९ आपतकालिन राहत तथा पुर्नलाभ परियाेजनाले कृषि क्षेत्रमा विशिष्ट याेगदान पुर्याएकाे जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस