अस्ट्रेलिया पुगेर धर्म संस्कृती जगेर्ना गर्दै भण्डारी

अस्ट्रेलिया पुगेर धर्म संस्कृती जगेर्ना गर्दै भण्डारी

इन्जिनियरिङ अध्ययन गरेका अनुज भण्डारी धर्मसंस्कृति जगेर्नामा लागेका छन् । वैदेशिक राेजगारीमा पुगेर जाेखिमपूर्ण काम नै गर्नुपर्छ भन्ने मान्यतालाइ चिर्दै हिन्दु धर्मकाे रक्षामा भण्डारी लागि परेका हुन् ।

रम्भा गाउपालिका -०१, स्वोर्गलेक पाल्पामा पण्डित परिवारमा जन्मनु भएका अनुजले पुरोहित पेसा रोज्नुभएको हाे । भण्डारी अस्ट्रेलियामा अन्य कामसँगै पुरोहित पेसा अङाल्नु भएको छ । उहा र अर्को पाल्पाली गुरु भयार “नारायण पुरोहित सेवा” सञ्न्चालन गरी भिक्टोरिया र क्विन्स ल्यान्ड गरी दुइ स्टेटमा सेवा दिनुभएको छ । आफ्नो सस्कार सस्कृती र हिन्दू धर्म लाई निरन्तर प्रोत्साहन गर्दै नेपाली र हिन्दू नागरिक को बिभिन्न पुजा हरु : घर बास्तु,नामाकरण्, रुद्र अभिसेक, उपनयन्, विवाह जस्ता पुजा गरी सेवा दिइ राख्नु भयको छ ।

सुचना प्रबिधीमा इन्जिनियारयङ्ग गरेका भण्डारी लामो समय ‘सिस्टम अनालिस्ट’ को रुपमा काम गरेता पनी अहिले पुरोहित पेसामा रमाउनु भयको छ । उहा भन्नुहुन्छ, सायद धेरैलाई थाहा नहुन सक्छ, सस्कृत विश्वको बैज्ञानिक र प्रमुख भाषा हो भनेर । जब बिस्व मा बोल्ने ‘टकिञ्ग कम्पुटर बनाउने कुरा भयो अनि कुन भाषा प्रयोग गर्ने भनेर बिज्ञहरु बिच छलफल भयो अनि अन्तिममा सस्कृत भासा प्रयोग गर्दा उपयुक्त ठानेका छन् किनकी भाषा, ब्याकरण्, ध्वनी सबैले सस्कृत उत्तम । सस्कृतलाई कसरी नयाँ पुस्तामा पुर्याउन सकिन्छ भनेर सस्कृत गुरुकुलहरूसँग अाफू प्रत्यक्ष संलग्न रहेकाे उहाँले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस