ब्राजिलमा मार्सल आर्टका विश्व च्याम्पियन खेलाडीलाई प्रहरीले हाने गोली

ब्राजिलमा मार्सल आर्टका विश्व च्याम्पियन खेलाडीलाई प्रहरीले हाने गोली

२३ साउन, काठमाडौं

ब्राजिलका मार्सल आर्टका वर्ल्ड च्याम्पियन खेलाडी लियन्द्रो लोमाथि साओपाउलोको एक नाइट क्लबमा प्रहरीले गोली हानेको बीबीसीले जनाएको छ ।

गोली लागेर घाइते भएका ३३ वर्षीय लियन्द्रोलाई अस्पताल भर्ना गरिएको छ । डाक्टरहरुले उनको ब्रेन डेथ भएको बताएको बीबीसीले जनाएको छ ।

ड्युटीमा नरहेका एक जना प्रहरी अधिकृतले उनीमाथि गोली हानेर फरार भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

लो जियु-जित्सु एथलिट च्याम्पियनसिपको हालसम्मकै सफल खेलाडी मानिन्छ । यो विधामा उनले आठ पटक विश्व विजेता बनिसकेका छन् ।

जियु-जित्सु ब्राजिलको एक मार्सल आर्ट र कोम्ब्याट स्पोर्ट हो । यो ग्राउण्ड फाइटिङ र सबमिशन होल्डमा आधारित छ ।

उनको हत्याको कोसिस गरिएको घटनामा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस